आज मिति २०७६ साल असोज २६ गते। तदनुसार १३सेप्टेम्बर सन् २०१९ । शकसंवत् १९४१,परिधावी संवत्सर,दक्षिणायन,सरद ऋतु,नेपाल संवत् ११३९ ञलगा,आश्विन पुर्णीमा
मेष– उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ। आर्जित धन तत्काल खर्च गर्नुपर्ला।
वृष– अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला।
मिथुन– काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ। धेरैले सहयोगको तत्परता देखाउनेछन्। नसोचेको फाइदा उठाउन सकिनेछ।
कर्कट– सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। मान्यजनसँग असमझदारी बढ्ला।
सिंह– दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ।
कन्या– प्रयत्न गर्दा गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। तर,सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ।
तुला– काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला। चुनौती सामना गर्नपर्ला। व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ।
वृश्चिक– भूमि तथा मातृधनबाट लाभ मिल्नेछ। विगतका कमजोरीलाई सुधार गर्न मौका छ। प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान्।
धनु– धैर्यले काम लिने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट भने सामान्य लाभ मिल्ने योग छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ।
मकर– आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। वैदेशिक यात्राको अवसर आउला। लेनदेनमा विवाद आउने योग छ,सहयोगको तत्परता देखाउनेहरूबाट सजग रहनुहोला।
कुम्भ– काममा मातापिताको सहयोग प्राप्त होला। कृषि–चौपायाबाट लाभ मिल्नेछ। अरूको भर पर्दा धोकामा परिने समय छ,सचेत रहनुहोला।
मीन– दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ।
नोटःज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्। युबा तथा फलित ज्योतिषि अमृत पौडेल सम्पर्क नम्बर = ९८५६०११९९७; ९८०५२७२६१५
स्थान =पोखरा २ बिन्ध्याबाशिनी मन्दिर पराजुली मिनी मार्केट भित्र
Views: 0