विद्यार्थीले टाउकामा कार्टुन बक्स राखेर परीक्षा दिएपछि

२०७६ कार्तिक ३, आईतवार १७:२६ गते २०७६ कार्तिक ३, आईतवार १७:२६ गते २०७६ कार्तिक ३, आईतवार १७:२६ गते

भारतको एक कलेजले परीक्षामा विद्यार्थीहरूको टाउकोमा कार्टुन बक्स राख्न लगाएकोमा माफी मागेको छ।परीक्षाहलमा हरेक विद्यार्थीले टाउकामा कागजको बाकस राखेर लेखिरहेको फोटो सार्वजनिक भएपछि खुबै आलोचना भएको थियो।

इन्टरनेटमा छाएको फोटोमा धेरै आलोचना भएपछि कर्नाटक, हाभेरीको भगत-प्रि युनिभर्सिटी कलेजले माफी मागेको बिबिसीले जनाएको छ।कलेजमा रसायनशास्त्रको परीक्षा चलिरहेका बेला यी फोटा खिचिएका थिए। विद्यार्थीले एक-अर्काको कापी नहेरून् भनेर टाउकामा कार्टुन बक्स राख्न लगाइएको कलेज प्रशासनका कर्मचारीले जनाएका छन्।कलेजको प्रतिनिधित्व गर्दै उनले माफी समेत मागेका हुन्।’अर्काको कापी नहेरून् भनेर यस्तो उट्पट्याङ उपाय अपनाइयो। यसबारे हामीले अन्त कुनै स्कुलबाट सुनेका थियौं,’ कलेजका शतिशले बिबिसीसँग भनेका छन्, ‘हामी माफी चाहन्छौं। तर यसमा विद्यार्थीहरूको पनि सहमति थियो। उनीहरूले आफैं बाकस लिएर आएका थिए।’उनले यो ‘नियम’ अनिवार्य नगरिएको पनि बताएका छन्।

फोटामा पनि केही विद्यार्थीले कार्टुन नलगाएको उदाहरण दिँदै शतिशले भनेका छन्, ‘कसैले लगाएर १५ मिनेटमै निकाले। कसैले २० मिनेटमा। एक घन्टा भएपछि हामीले नै सबैलाई निकाल्न भन्यौं।’कलेजको यो अनौठो उपायबारे जानकारी पाएपछि क्षेत्रीय अधिकारीहरू तुरून्त अनुगमनमा गएका पनि बताइएको छ। यस्तो काम ‘अमानवीय’ भएको भन्दै आलोचना गरेका थिए। कलेजले पनि माफी माग्दै यस्तो खाले काम अबदेखि नगर्ने बताएको छ।सेतोपाटी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *