आज मिति २०७६ साल कात्तिक ०४गते । तदनुसार २१अक्टोबरसन् २०१९ । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, सरद ऋतु, नेपाल संवत् ११३९ ञलगा, आश्विन कृष्ण पक्षको अष्टमी
- मेष– परिस्थितिले संघर्षको पाइला चाल्नसिकाउनेछ। सुखदुःखमा साथ दिनेहरू कमैभेटिनेछन्।
- वृष– खर्च लागे पनि कामको प्रयत्न सफल हुनेसमय छ। स्वास्थ्यमा मौसमी समस्या आउनसक्छ।
- मिथुन– विशिष्ट जनसँग मित्रता बढ्न सक्छ।पुराना साथीभाइसँग भेटघाट गर्ने अवसरजुट्नेछ।
- कर्कट– समुदायको हक हितको संरक्षण गर्दैधेरैको भलाइ हुने काम गर्न सकिनेछ।लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।
- सिंह– रोकिएको काम बन्नाले उत्साहजाग्नेछ। धार्मिक क्रियाकलापमा रुचिजाग्नेछ। शक्तिशाली व्यक्तिहरूसँगप्रतिस्पर्धा बढ्न सक्छ।
- कन्या– अस्वस्थताका बीच कामको बोझबढ्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्।
- तुला– रचनात्मक काम गरेर पुरानो पद्धतिमासुधार ल्याउन सकिनेछ। तर्कशक्ति बढे पनिकुराकानी गर्दा गोपनीयतामा ध्यानदिनुहोला।
- वृश्चिक– कामको उपलब्धि देखाएर थप फाइदाउठाउन सकिनेछ। प्रशंसकहरू बढ्नेछन्।दीर्घकालीन काममा लगानी गर्ने अवसर पनिप्राप्त हुनेछ।
- धनु– खर्च भए पनि लामो यात्रा गर्ने अवसरजुट्नेछ। टाढाका साथीभाइसँग सम्बन्ध बढ्नुकासाथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रतागाँसिनेछ।
- मकर– अप्ठ्यारा परिस्थितिसँग सम्झौतागर्नुपर्दा मन खिन्न रहनेछ। तापनि,सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्।
- कुम्भ– बोली-व्यवहारमा सजग रहनुहोला।हिसाबकिताबमा सावधान नहुँदा विवादमापरिनेछ। मानसम्मानमा चोट पुग्न सक्छ।
- मीन– आँटेका काम बन्नाले जोश–जाँगर बढ्नेछ।प्रेम र मित्रताको बन्धन कसिनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।
यी ४ राशिका पुरुष जसले आफ्नो प्रेमिकालाई गर्छन् आफूभन्दा बढी माया….जानिराखौ अरुको कस्तो हुन्छ ! एजेन्सी । विवाह बन्धनमा बाँधिनको लागी महिला पुरुष दुवैले निकै सोचविचार गरेर निर्णय लिएका हुन्छन् । विवाह अघि नै महिला पुरुष दुवै जनाले यस्तो जीवन साथी होस् भन्ने सोच्छन् जसले उनीहरूलाई जिन्दगीभरिको साथ दिइरहोस् । विवाह पछि जीवनमा आउने हरेक दुख सुखमा जीवन साथीले साथ दिइयोस् भन्ने सबैको चाहाना हुन्छ । ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका पुरुषहरूले आफ्नो प्रेमिका, श्रीमतीलाई अौधी माया गर्छन् उसको हरेक कठिनाइमा साथ दिइरहन्छन् । यी राशि हुने पुरुष विवाहका लागी सबैभन्दा प्रफेक्ट मानिन्छन् । ती राशि यी हुन्ः
कर्कट राशिः ज्योतिषका अनुसार कर्कट राशिका पुरुषहरु विवाहका लागि अति नै योग्य मानिन्छन् । यिनीहरु पारिवारिक व्यक्ति हुन्छन् । यी राशि भएका पुरुषहरु विवाहपछि असल पति र जिम्मेबार पिता बन्छन् । भनिन्छ कि कर्कट राशिका पुरुषसँग उनीहरुका श्रीमती प्रसन्न रहन्छिन्। मिथुन राशि: तपाई विवाहको लागि योग्य पुरुष खोजीरहनु भएको छ भने मिथुन राशि भएका पुरुषसँग विवाहको लागि भरोसा गर्नसक्नुहुन्छ । ज्योतिषका अनुसार मिथुन राशिका पुरुषले कहिले पनि सम्बन्धमा धोका दिँदैनन् ।तुला राशि: तुला राशिका पुरुष सधैँ अरुको मद्धतको लागि तयार हुन्छन्। विवाहपछि यस राशिका पुरुषहरु आफ्नो पत्नीलाई हरेक कुरामा साथ दिन्छन्। तुला राशिका पुरुषहरु धेरै नै सहयोगी र मिलनसार हुन्छन्। वृश्चिक राशि: ज्योतिषका अनुसार विवाहको लागि योग्य राशिमध्ये वृश्चिक पनि एक हो। भनिन्छ कि वृश्चिक राशिका पुरुषलाई युवतीले कुनै सोचविना नै अपनाउन सक्छिन् । यस राशिका पुरुष सधैँ आफ्नो जीवनसाथीप्रति उदार र लालायित हुन्छन् ।
यि ३ राशी हुने छोरी बुहारी हुन्छन् लक्ष्मी समान, घरलाई बनाउँछन् स्वर्ग: वैवाहिक जीवनमा बाँधिनु भनेको महिला पुरुषको मिलन मात्र नभई दुई परिवारको मिलन पनि हो । पारिवारिक मेलमिलाप र वैवाहिक जीवन सुखमय भएमा मात्र जीवन सुखद रूपमा अगाडि बढ्न सक्छ । आफ्नो जिवनमा आउने जीवन साथी उत्कृष्ट परोस् भन्ने हरेक पुरुषको चाहाना हुन्छ । उस्तै परिवारले पनि बत्तिसै लक्ष्निले युक्त बुहारीको आस राखेका हुन्छन् । ज्योतिष शास्त्रका अनुसार हरेक व्यक्तिको भविष्य कस्तो रहने भन्ने बारे अडकल लगाउने गर्दछन् । फरक फरक राशि अनुसार मानिसमा हुने भाग्य र व्यवहार फरक हुने गर्दछ । विवाहको सम्बन्धमा पनि राशि अनुसारको वैवाहिक सम्बन्ध साथै परिवाको निर्धारण रहने गर्दछ। ज्योतिषशास्त्रका यी तल दिइएका उल्लिखित राशि हुने युवतीहरू धेरै सफल र राम्रा बुहारी बन्न सक्छन्।
वृष राशीः वृष राशि हुने युवतीहरु धेरैनै समझदार हुन्छन्। आफ्नो मात्र खुशी मात्र नभई पूरै परिवारको खुशीलाई यस राशि हुनेहरु प्राथमिकतामा राख्छन्। अभावमा पनि चित्त बुजाउन सक्ने हुँदा परिवार माथि आइलाग्ने हरेक दुखमा वृष राशि हुने बुहारीहरुले साथ दिन्छन्। शहनशक्तिले भरिपूर्ण हुनाले पनि यस राशि हुने बुहारीहरु उत्कृष्ट मानिन्छन्। निर्णय लिने मामलामा पनि यस राशि हुनेहरु समझदार मानिन्छन्।कन्या राशिः कन्या राशि हुने महिलाहरु शान्त स्वभावका हुन्छन्। कुनै पनि विषयमा छिट्टै प्रतिक्रिया जनाउँदैनन्। कलह देखि पनि कन्या राशिहुनेहरु टाढा रहन रुचाउँछन्। जसकारण बुहारीको रुपमा कन्या राशि हुने युवतीहरु उदाहरणनै बन्न सक्छन्। परिवारको हरेक कार्यमा आफ्नो सहभागिता जनाउने हुँदा परिवार खुशी रहन सक्छ। आर्थिक मामिलामा पनि कन्या राशि हुने बुहारीहरु बुद्धिमानी मानिन्छन्।मीन राशिः मीन राशि हुने बुहारीहरु पनि उत्कृष्ट मानिन्छन्। उनीहरु आफू भन्दा पनि परिवारलाई प्राथमिकतामा राख्छन्। परिवारमा आइपर्ने दुख माथि उनीझरुको विशेष निगरानी रहने गर्छन् दुखको समयमा परिवारलाई उचित सल्लाह दिन्छन्। यति मात्र नभई उचित कदम चाल्न सक्ने समेत यस राशि हुने बुहारीहरुमा क्षमता हुन्छ। बाहिरी उकसाहटमा कुनै पनि कदम चाल्नु अगाडी धेरै सोच्ने हुँदा पनि मीन राशि हुने बुहारीहरु लक्ष्मी समान हुन्छन्।
Views: 0