पब्लिक ईनोभेटर ईं. दिपेन्द्र कँडेलले एक हप्ताभित्र अष्ट्रेलियन राजदुतले माफी नमागे विमानस्थलमा भएको घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने बताए। अष्ट्रेलियन राजदुतले नेपाली मूलका अष्ट्रेलियन नागरिकले त्रिभुवन विमानस्थलमा वितण्डा र तोडफोड मच्चाएको घटनाबारे नागरिकले माफी माग्नुपर्ने उनले बताएका हुन्।
आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै कँडेलले काठमाडौंस्थित् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तोडफोडमा उत्रिने नेपाली मूलका अष्ट्रेलियन नागरिकको हर्कत आफूहरुलाई मान्य नहुने र माफी नमागे अन्तर्राष्ट्रियकरण गर्ने बताए।यस्तै उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा तोडफोड गर्ने एनआरएको सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट नेपाल आएका एनआरएका प्रतिनिधि रमेश थापालाई तत्काल नेपाल छाड्न आग्रह गरेका छन्। उनले भने, ‘नेपाल मन नपरे छाड्नुस, आफ्नै अष्ट्रेलिया बनाउस।’विमानस्थलको अध्यागमनमा भएको यस्तो घट्ना नेपालमात्रै नभएर विश्वको कुनैपनि देशमा सह्य नहुने कँडेलको भनाई छ ।
उनले यही अक्टोबर २५ भित्र नेपालस्थित् अष्ट्रेलियन राजदुतले तोडफोडमा उत्रिने ती नेपाली मूलका अष्ट्रेलियन नागरिकको तर्फबाट माफी नमाँगे आफू कारबाहीको लागि अघि बढ्ने पनि चेतावनी दिए ।कँडेलले राजदुतको तर्फबाट माफी नआए तत्काल आफूले नेपालका विभिन्न राजनीतिक दलका नेता तथा सरकारी अधिकारी, नेपालस्थित् संयुक्त राष्ट्रसंघका प्रमुख र नेपालस्थित् सम्पूर्ण विदेशी नियोगका प्रमुखहरुलाई भेटेर यो प्रकरणलाई अघि बढाउने पनि जानकारी दिए ।pnpkhabar बाट हेर्नुहोस भिडियो :
Views: 0