जुन कारागारमा घर जस्तो आनन्द आउछ : हेर्नुहोस अनौठो कारागारको बारेमा

२०७६ कार्तिक ४, सोमबार २०:०८ गते २०७६ कार्तिक ४, सोमबार २०:०८ गते २०७६ कार्तिक ४, सोमबार २०:०८ गते

विश्वका हरेक देशहरुमा अपराधिक गतिविधि गर्ने व्यक्तिलाई कारागारमा राखिन्छ । समाजले पनि अपराधिक गतिविधिमा संलग्न रहेको व्यक्तिहरुलाई बहिस्कृत गर्ने हुँदा कारागारमा जाने मानिसको वर्तमान र भविष्य दुवै अन्यौलमा हुन्छ । कारागारमा पुगेका मानिसहरुले कारागारको जीवन निकै दुःखपूर्ण र कष्टकर हुन्छ भन्ने गर्छन् र यो सत्य पनि हो ।

कारगारमा कुनै किसिमको सुख सुविधा पाइदैन । तर, विश्वमा एउटा यस्तो देश छ जहाँ कारागारमा बस्ने व्यक्तिलाई घर जस्तै सुख सुविधा दिइन्छ ।डेनमार्कमा न्यून मात्रामा कैदीहरु छन् । यो देशले कारागारमा भएका कैदीहरुको हक अधिकारलाई सुरक्षित गरेर कारागारमा कैदीलाई आफ्नै हिसाबले बस्ने खाने र लगाउने नियम लागू गरेको छ । डेनमार्कको कारागारमा भएका कैदीहरुले आफ्नो परिवारसँग पनि समय बिताउन सक्ने कानुन छ ।

मानिसहरुले बस्नलाई तयारी गरिएको घरको जस्तै कारागारमा कैदीहरुको लागि त्यस्तै राम्रो व्यवस्था गरेको छ । यो कारागारमा तार बाड़, बन्दुक टावर वा सुरक्षित पेरिमिटरहरूको साथ ठोस भित्ताहरू छैन । यो कारागारमा कैदीहरुले आफ्नो इच्छा अनुसार खान बनाउने र बस्ने गर्छन् ।अन्य देशको तुलनामा यो कारागार विलकुलै फरक छ । वर्णन गरिएको जस्तो कष्टकर जीवन यहाँका कैदीहरुले बिताउनु पर्दैन । डेनमार्कको यो कारागारमा कैदीलाई भेट्न आउँदा केहि प्रतिबन्ध लगाइएको छैन । यती सुविधा दिँदा पनि कारागारबाट कैदी भागेमा भागेको कैदीलाई पुनः भेटिएमा वर्णन गरिएको कष्टकर कारागारमा हाल्ने नियम डेनमार्क सरकारले जारी गरेको छ । तर, कैदीहरु यो कारागारमा निकै खुसी हुने गर्छन्।  रिपोटर्स नेपाल

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *