आज मिति २०७६ साल कात्तिक ०५गते । तदनुसार २२अक्टोबरसन् २०१९ । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, सरद ऋतु, नेपाल संवत् ११३९ ञलगा, आश्विन कृष्ण पक्षको नवमी
- मेष -प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदा!
- बृष – ढिलै भए पनि आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। र, उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला।
- मिथुन – हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस्। रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। परिवारजनमा असमझदारी र मनमा अधैर्यपना बढ्नेछ।
- कर्कट – नयाँ काम सुरु गर्ने समय छ। मनग्ये धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला।
- सिंह -मान–सम्मान बढ्नेछ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। रोकिएका काम बन्नेछन्। विगतमा सम्पादित कामबाट धन लाभ हुनेछ। पठन–पाठनमा बिस्तारै प्रगति हुनेछ।
- कन्या विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्ये धन आर्जन होला। नयाँ काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला।
- तुला -अवसरका लागि ठूलै प्रयत्न र लगानी गर्नुपर्ने समय छ। तापनि, चुनौतीका बाबजुद केही काम काम बन्न सक्छ। फाइदाका लागि प्रतिस्पर्धा भने गर्नुपर्नेछ। केही मात्रामा खर्च बढ्नेछ। र शारीरिक थकान वा आलस्य जाग्नेछ। छर–छिमेकमा पनि केही असमझदारी बढ्ने योग छ।
- बृश्चिक – आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला। कृषि, पशुपालनमा आदिमा पनि सामान्य फाइदाकै समय छ। श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला।
- धनु – काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। तर, परिवारजनको आवश्यकतामा खर्च बढ्नेछ। उत्साहमा पनि कमी आउला।
- मकर -आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। तर केही बाध्यतापूर्ण काममा समय बित्नेछ।
- कुम्भ -बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। स्वास्थ्यगत कमजोरीले पनि सताउला। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ।
- मीन – दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यवसायमा प्रशस्त लाभ हुनेछ। तर, खर्च पनि तत्काल गर्नुपर्ला। यात्रामा केही समस्या आउलान्। केही बाध्यताका काममा जुट्नुपर्ला। असमझदारीका बीच पनि पारिवारिक सद्भाव कायम हुनेछ। सरसापटमा खर्चनुपर्ला।
यि ३ राशी हुने छोरी बुहारी हुन्छन् लक्ष्मी समान, घरलाई बनाउँछन् स्वर्ग: वैवाहिक जीवनमा बाँधिनु भनेको महिला पुरुषको मिलन मात्र नभई दुई परिवारको मिलन पनि हो । पारिवारिक मेलमिलाप र वैवाहिक जीवन सुखमय भएमा मात्र जीवन सुखद रूपमा अगाडि बढ्न सक्छ । आफ्नो जिवनमा आउने जीवन साथी उत्कृष्ट परोस् भन्ने हरेक पुरुषको चाहाना हुन्छ । उस्तै परिवारले पनि बत्तिसै लक्ष्निले युक्त बुहारीको आस राखेका हुन्छन् । ज्योतिष शास्त्रका अनुसार हरेक व्यक्तिको भविष्य कस्तो रहने भन्ने बारे अडकल लगाउने गर्दछन् । फरक फरक राशि अनुसार मानिसमा हुने भाग्य र व्यवहार फरक हुने गर्दछ । विवाहको सम्बन्धमा पनि राशि अनुसारको वैवाहिक सम्बन्ध साथै परिवाको निर्धारण रहने गर्दछ। ज्योतिषशास्त्रका यी तल दिइएका उल्लिखित राशि हुने युवतीहरू धेरै सफल र राम्रा बुहारी बन्न सक्छन्।
वृष राशीः वृष राशि हुने युवतीहरु धेरैनै समझदार हुन्छन्। आफ्नो मात्र खुशी मात्र नभई पूरै परिवारको खुशीलाई यस राशि हुनेहरु प्राथमिकतामा राख्छन्। अभावमा पनि चित्त बुजाउन सक्ने हुँदा परिवार माथि आइलाग्ने हरेक दुखमा वृष राशि हुने बुहारीहरुले साथ दिन्छन्। शहनशक्तिले भरिपूर्ण हुनाले पनि यस राशि हुने बुहारीहरु उत्कृष्ट मानिन्छन्। निर्णय लिने मामलामा पनि यस राशि हुनेहरु समझदार मानिन्छन्।कन्या राशिः कन्या राशि हुने महिलाहरु शान्त स्वभावका हुन्छन्। कुनै पनि विषयमा छिट्टै प्रतिक्रिया जनाउँदैनन्। कलह देखि पनि कन्या राशिहुनेहरु टाढा रहन रुचाउँछन्। जसकारण बुहारीको रुपमा कन्या राशि हुने युवतीहरु उदाहरणनै बन्न सक्छन्। परिवारको हरेक कार्यमा आफ्नो सहभागिता जनाउने हुँदा परिवार खुशी रहन सक्छ। आर्थिक मामिलामा पनि कन्या राशि हुने बुहारीहरु बुद्धिमानी मानिन्छन्।मीन राशिः मीन राशि हुने बुहारीहरु पनि उत्कृष्ट मानिन्छन्। उनीहरु आफू भन्दा पनि परिवारलाई प्राथमिकतामा राख्छन्। परिवारमा आइपर्ने दुख माथि उनीझरुको विशेष निगरानी रहने गर्छन् दुखको समयमा परिवारलाई उचित सल्लाह दिन्छन्। यति मात्र नभई उचित कदम चाल्न सक्ने समेत यस राशि हुने बुहारीहरुमा क्षमता हुन्छ। बाहिरी उकसाहटमा कुनै पनि कदम चाल्नु अगाडी धेरै सोच्ने हुँदा पनि मीन राशि हुने बुहारीहरु लक्ष्मी समान हुन्छन्।
Views: 0