उजुरी मात्र किन ‘गल्ती मेरो हो भने हत्कडी नै लायर थुनिदिनुहोस्’ :जिग्री

२०७६ कार्तिक ५, मंगलवार ०७:५४ गते २०७६ कार्तिक ५, मंगलवार ०७:५४ गते २०७६ कार्तिक ५, मंगलवार ०७:५४ गते

काठमाडौँ । हास्य टेलिसिरियल ‘भद्रगोल’ र ‘मिडिया हब’ बिचको विवादले जन्माएको अर्को हास्य टेलिश्रृखला ‘सक्किगोनी’ को टिम बिच फेरी विवाद चुलिएको छ । टेलिश्रृंखला ‘सक्किगोनी’ पनि विवादमा तानिएपछि निर्देशक कुमार कट्टेल (जिग्री) ले उजुरी मात्र नभई आफूलाई जेल हाल्न आग्रह गरेका छन् ।

मिडिया हबसँग आर्थिक कारोबार नमिलेपछि ‘भद्रगोल’ त्यागेका निर्देशक कुमार कट्टेल (जिग्री) अर्जुन घिमिरे (पाँडे) सहितको ‘सक्किगोनी’ को टिम विरुद्ध उजुरी दर्ता भएपछि जिग्रीले यस्तो आग्रह गरेका हुन् ।उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यही देशमा बसेर कलाकारिता गर्नु र कलाकार बन्नु नै मेरो गल्ती हो भने उजुरी मात्र किन हात मा हत्कडी नै लगाएर थुनिदिनुस् !’ आर्थिक कारोबार नमिलेपछि मिडिया हबसँग छुट्टीएर निर्देशक जिग्री र पाँडेले उही टिम, उही थिम र उही क्यारेक्टरमा ‘सक्किगोनी’ निर्माण गरेका थिए ।

पुरानो भद्रगोलकै क्यारेक्टर तथा टिम देखिएपछि आफूलाई अप्ठेरो परेकोले उजुरी दर्ता गरेको मिडिया हबका प्रमुख सोमप्रसाद धितालले जानकारी दिएका छन् । धितालले उजुरीमा कुनै क्षतिपूर्तिको मागदावी भने गरेका छैनन् । पुरानो क्यारेक्टर ‘सक्किगोनी’ मा प्रयोग गर्न रोक्नुपर्ने उनको माग छ । यस सम्बन्धमा पाँडेले भद्रगोलका सबै क्यारेक्टर मिडिया हबले नभएर आफूहरुले जन्माएको भन्दै त्यसमा मिडिया हबले दावी गर्न नमिल्ने प्रतिक्रिया दिएका थिए ।sajhasanjal

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *