देउबालाई रवीन्द्र मिश्रकाे चेतावनी – जेलमा बसेर टेलिभिजन हेर्नुहाेला

२०७६ कार्तिक ५, मंगलवार ०८:०१ गते २०७६ कार्तिक ५, मंगलवार ०८:०१ गते २०७६ कार्तिक ५, मंगलवार ०८:०१ गते

काठमाडौँ । साझा पार्टी’का संयोजक रवीन्द्र मिश्र’ले नेपाली काँग्रेस’का सभापति शेर’बहादुर देउवा’लाई जे’लमा बस्नु’पर्ने चेताव’नी दिएका छन् ।काँग्रेस’का सांसद मोहम्मद अफताब आलम’को पक्राउ’लाई काँग्रेस विरुद्ध’को षडयन्त्र’को रुपमा व्याख्या गरे’पछि मिश्रले देउवा’लाई त्यस्तो चेता’वनी दिएका हुन् ।

सामाजिक सञ्जालमा देउवाको सो समाचार शेयर गर्दै मिश्रले लेखेका छन्, ‘जे पनि भन्दिने, जे पनि गर्दिने ? मानवता विरुद्धका अपराधीहरू, अपराधीलाई जोगाउनेहरू, भ्रष्टाचारी र देश दोहनकारीहरू, पर्खिनोस्, जनमत बदलिँदै छ ।’मिश्रले अगाडि लेखेका छन्, ‘अब धेरै वर्ष लाग्दैन । साझा पार्टी नेतृत्वमा आएपछि सुशासन भनेको कस्तो हुन्छ जेलमा बसेर टेलिभिजनमा हेर्नुहोला ।’

२०६४ सालको संविधानसभा निर्वाचनमा बुथ कब्जा गर्न बनाउन लागिएको बम विस्फोट हुँदा घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेको आरोपमा सांसद मोहम्मद अफताब आलम पक्राउ परेपछि नेपाली काँग्रेसले त्यसलाई काँग्रेसविरुद्धको षडयन्त्रको रुपमा अर्थ्याएको छ ।शुक्रबार काठमाडौँको एक कार्यक्रममा बोल्दै काँग्रेस सभापति देउवालाई आलमको पक्राउ काँग्रेसविरुद्धको षडयन्त्र भएको बताएका थिए ।

पुरानो मुद्दालाई ब्युँताएर सरकारले नेपाली काँग्रेसविरुद्ध घेराबन्दी र षडयन्त्र गरेको उनको आरोप थियो ।सोही कार्यक्रममा घटनाको बखत गृहमन्त्री समेत रहेका अर्का काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले समेत आलमको पक्राउलाई काँग्रेसविरुद्धको ग्य्राण्ड डिजाइनका रुपमा व्याख्या गरेका थिए । – स्रोत :नेपालि पत्र

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *