कागतीको चिया धेरै नै स्वादिष्ट हुने भएकोले प्राय सबैले यसलार्ई पिउने गर्दछन् । तर के तपाइँलाई कागतीमा हुने अरु गुणबारे थाहा छ ?कागतीमा स्वास्थ्य र सौन्दर्यलाई प्रभाव पार्ने चमत्कारिक गुण हुन्छ । कागतीले हाम्रो कपाललाई प्राकृतिक रुपमा सुन्दर , बलियो र बाक्लो बनाउन मद्धत गर्नुको साथै छालामा पनि राम्रो असर पुर्याउँदछ ।
कागतीमा भिटामिन सी पाइनुको साथै एन्टिअक्सिडेन्ट गुण हुने भएकोले यसले बोसोलाई हटाउनमा पनि मद्धत गर्दछ । आज हामी तपाईहरुलाई कागतीबाट अर्को एक चमत्कारी गुण बारे बताउन जाँदै छौँ जसबाट तपाईले गर्मि महिनामा शरिरमा बढी मात्रमा आउने पसिनाको दुर्गन्धबाट छुटकारा पाउन सक्नुहुनेछ।गर्मिको समयमा बढी मात्रामा आउने पसिनाको कारण फैलिने दुर्गन्धको समस्या बाट हरेक व्यक्तिहरु चिन्तित रहनुको साथै यस समस्याको समाधानका लागि अनेक उपाएहरु अपनाउने गर्छन। अब यी तरिका अपनाएर सजिलै समस्याबाट मुक्त पाउनुहोस्।
सामग्री:बेकिंङ सोडा र कागती : बेकिंङ सोडा र कागतीको प्रयोगबाट तपाईले शरिरमा आउने पसिनाको दुर्गन्धबाट सजिलै मुक्ति पाउन सक्नुहुनेछ। यसको लागि दुई चम्चा बेकिंङ सोडाको साथमा २ चम्चा कागतीको रस मिलाएर काखीमा लगाउनुहोस्। यी दुई चिजहरु मिलाएर काखीमा लगाउँदा शरिरको गन्द सजिलै हट्ने गर्छ। यसरी बेकिंङ सोडा र कागतीको मिश्रण काखीमा लगाएपछि १५ मिनेट सम्म त्यतिकै राख्ने र त्यसपश्चात चिसो पानीले यसलाई सफा गर्ने गर्नुहोस।
यसो गर्दा पसिनाबाट दुर्गन्ध आउने समस्याबाट छुटकारा पाउन सकिन्छ। यस तरिकाको अलावा तपाईले यो समस्याको समाधानका लागि नुहाउने पानी कागतीको रस समेत मिसाउन सक्नुहुनेछ। यसरी पूर्ण शरीर नुहाउने समयमा कागतीको रस पानीमा रहेर समेत यो समस्याको समाधान गर्न सकिन्छ।
Views: 0