‘पत्नी’को उपाधि थाई राजाले खोसेपछि

२०७६ कार्तिक ६, बुधबार ०७:०९ गते २०७६ कार्तिक ६, बुधबार ०७:०९ गते २०७६ कार्तिक ६, बुधबार ०७:०९ गते

बिबिसी। थाईल्यान्डका राजा महा वाचिरालङ्कनले आफ्नी एक ‘पत्नी’को शाही उपाधि खोसेका छन्।उनी राजा बन्नुभन्दा पहिला ती महिला उनकी एक भित्रिनी थिइन्।उच्च तहको नियुक्ति पाएको केही महिनामै ती महिलाले विश्वासघात गरेको आरोप लगाउँदै राजाले त्यस्तो निर्णय लिएका हुन्।एउटा औपचारिक घोषणामा सिनीनात वङ्वाचिराफाक ‘महत्वाकाङ्क्षी’ बनेकी र उनले ‘आफूलाई रानीको हैसियतमा पदोन्नति गर्ने प्रयास गरेको’ उल्लेख छ।

उनका व्यवहारहरू अपमानजनक ठहरिएको त्यसमा बताइएको छ।राजाले चौथो पत्नीको रूपमा रानी सुथिदासँग बिहे गरेको दुई महिनालगत्तै ती महिलालाई जुलाई महिनामा ‘चाओ खुन फ्रा सिनिनात बिलासकलयानी’को उपाधि दिएका थिए।उक्त उपाधि झन्डै एक शताब्दीमा पहिलो पटक दिइएको बताइन्छ।मेजर जेनरल सिनीनात तालिमप्राप्त पाइलट, नर्स र अङ्गरक्षक हुन्।

गत अगस्टमा उनले सैन्य पोसाकमा जेट विमान चलाइरहेको फोटो औपचारिक रूपमा सार्वजनिक गर्दै राजाले उनको शाही जीवनगाथा सिर्जना गर्न निर्देशन दिएको उल्लेख थियो।पूर्वविमान परिचारिका तथा राजाको अङ्गरक्षक समूहकी प्रमुख ४१ वर्षीया रानी सुथिदा राजा वाचिरालङ्कनको लामो समयदेखिको साथी थिइन् र उनलाई कैयौँ वर्षदेखि सार्वजनिक समारोहहरूमा राजासँगै देखिन्थ्यो।उनी सन् २०१६ मा पिताको मृत्युपछि सिंहासनमा आएका हुन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *