आलम प्रकरण : मुद्दा फिर्ता लिन पीडितलाई १० लाखको प्रलोभन

२०७६ कार्तिक ६, बुधबार ०७:३२ गते २०७६ कार्तिक ६, बुधबार ०७:३२ गते २०७६ कार्तिक ६, बुधबार ०७:३२ गते

कात्तिक ६, २०७६ रौतहट : मोहम्मद अफताब आलम पक्षधरले मुद्दा फिर्ता लिन पीडितलाई प्रलोभन देखाउन थालेको छ। श्रीनारायण सिंहलाई १० लाख रुपैयाँ लिएर पछि हट्न दबाब आइरहेको खुलेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। ‘पैसा लिई मिलापत्र गर्न धेरै किसिमका प्रलोभन आइरहको छन्,’ उनले भने, ‘मैले हुँदैन भनेको छु। के मैलै खसीबाख्रा पालेको थिएँ र? छोरो जन्माएर पालेको थिएँ हजुर।’ आलम छुटेर आए आफू र परिवारको सदस्यको ज्यान जोखिममा पर्ने उनको भनाइ छ। थाहाखबर

झूटो बोलेको पत्ता लगाउने ‘पोलिग्राफ टेस्ट’ गर्न मानेनन् ‘सांसद’ आलमले:बम विस्फोटमा घाइते भएकालाई जिउँदै जलाएको आरोपमा पक्राउ पवरको सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमले ‘पोलिग्राफ टेस्ट’ गर्न अस्वीकार गरेका छन्।१२ वर्षअघिको उक्त घटनाबारे इन्कारी बयान दिएपछि झूटो बोले/नबोलेको पत्ता लगाउन मंगलबार प्रहरीले पोलिग्राफ टेस्ट गर्न खोजेको थियो।पहिलो संविधासभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति साविकको राजपुर फरहदवा गाविस ४ हाल राजपुर नगरपालिका ४ मा बम विस्फोट भएको थियो।

उक्त विस्फोटमा घाइते भएकालाई जलाएको आरोपमा आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटले गत असोज २४ गते पक्राउ गरेको हो।विस्फोटको घटना नभएको र आफूलाई प्रमाणबिना पक्राउ गरेको दाबी गर्दैै आलमले सरकारी वकिलको कार्यालयमा प्रहरीसमक्ष इन्कारी बयान दिएका छन्। यो खबर रौतहटबाट शिव पुरीले आजको कान्तिपुरमा लेखेका छन्।इन्कारी बयान दिएपछि पोलिग्राफ टेस्ट गर्न खोज्दा आलमले नमानेको प्रहरीले जनाएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *