भारतीय चर्चित गायन रियालिटी सो इन्डियन आइडल सबै भन्दा धेरै हेरिने चर्चित सो हो । इन्डियन आइडल सिजन ११ सुरु भइसकेको छ । आइडलको अडिसनमा आएका एक व्यक्तिले नेहालाइ केही उपहार दिन्छन्, त्यसपछि उनलाई अङ्कमाल गर्दै उनको गालामा समेत चुम्बन गर्छन् । उक्त भिडियो सार्वजनिक भएसँगै त्यसको चर्चा यत्र, तत्र सर्वत्र चलेको छ । केही दिनअघि इन्डियन आइडल-११ को अडिसनका क्रममा प्रतियोगिताकी एक निर्णयक तथा गायिका नेहा कक्कडलाई एक जना प्रतियोगिले अभद्र व्यवहार गरे ।
अडिसन दिन आएका ती प्रतियोगिले जबर्जस्ती नेहाको गालामा चुम्बन गरे । प्रतियोगिको उक्त दुव्यर्वहारले प्रतियोगिताका निर्णयक तथा कार्यक्रम सञ्चालकलाई मात्र होइन, नेहा स्वयं समेत आश्चर्यचकित भइन् । उक्त घटनाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । त्यसपछि उक्त घटना चर्चाको विषय बनिरहेको छ ।उक्त घटनाका बारेमा प्रतियोगिताका अर्का निर्णयक विशाल डाड्लानीको भनाइ बाहिर आएको छ । विशालले आफ्नो ट्वीटरमार्फत उक्त घटनाका बारेमा मुख खोलेका हुन् ।
वास्तवमा विशाललाई ट्याग गर्दै आयुष्मान नामका एक व्यक्तिले ट्वीट गर्दै ‘त्यो केटालाई झापड हान्नु पथ्र्यो । उसले त्यस्तो गर्ने हिम्मत नै कसरी गर्यो ? मलाई आशा छ तपाईंहरुले उसलाई त्यसै जान दिनु भएन होला ।’उक्त ट्वीटलाई जवाफ दिँदै विशालले लेखेका छन्-‘मैले त प्रहरीलाई नै बोलाउनु पर्छ भनेर सल्लाह दिएको थिएँ, तर नेहाले ती युवकलाई छाडिदिने निर्णय गरिन् । उसलाई वास्वतमै मनोेवैज्ञानिक सहयोगको आवश्यकता छ । अब हामीले गर्न सक्ने भनेको उसको उपचार हो ।’
के हो वास्तविकता ?सोनी टेलिभिजनले आफ्नो इन्स्टाग्रँममा उक्त घटनासंग सम्बन्धि एउटा भिडियो शेयर गरेको थियो । जसमा थुप्रै व्यक्तिहरु अडिसनका लागि आएका थिए । त्यसै क्रममा एक व्यक्ति राजस्थानी पहिरनमा सजिएर आफ्नो हातमा नेहाका लागि थुप्रै वटा उपहारहरु लिएर आए । नेहा जब उनलाई भेट्न गइन्, त्यसपछि ती युवाले नेहालाई आफूलाई चिनेको हो ? भन्ने जिज्ञासा राखे । त्यसपछि नेहाले ती व्यक्तिलाई मायालु पाराले अंगालो हालिन् । त्यहि बेला ती प्रतियोगिले नेहाको गालामा चुम्बन गरिदिए । त्यो दृष्य देखेर कार्यक्रमका सञ्चालक आदित्य नारायण झा तथा निर्णयक अनु मलिकसहित त्यहाँ उपस्थित सबै आश्चर्यमा परे ।
Views: 0