महान चाड तिहारको अवसरमा “भक्तपुर फेशन रनवे” को तयारी ।

२०७६ कार्तिक ८, शुक्रबार ०१:०१ गते २०७६ कार्तिक ८, शुक्रबार ०१:०१ गते २०७६ कार्तिक ८, शुक्रबार ०१:०१ गते

भक्तपुर(राजकुमार) – रोशना मेकअप स्टुडियोले आउदो शुक्रवार भक्तपुर को इम्पेरीयल ब्याङ्क़ुऐटमा गर्न लागेको भक्तपुर फेशन रनवेको तयारी तिव्र रुपमा आगाडी बढिरहेको छ ।
नेपालीहरुको महान चाड तिहारलाई मध्यनजर गर्दै नेपाली कला संस्कृति लाई जगेर्ना गर्ने हेतु ले यो फेशन शो आयोजना गर्न लागेको हो।

फेसअफ बिउटीसियन भक्तपुर र तीज फेसन रनवे को अपार सफलता पछी रोशना मेकअप स्टुडियोले भक्तपुर फ्यासन रनवे आयोजना गर्न लागेको हो। भक्तपुर मा हुने उक्त फ्यासन रनवे कार्यक्रममा गित र नृत्यका साथ् साथै थुप्रै सांगीतिक कार्यक्रम हुने इभेन्टमेनेजर संजु साखाकर्मीले जानकारी दिनु भएको छ।

उक्त दिन उक्त कार्यक्रममा भक्तपुरका चर्चित ४५ जना महिला ,र पुरुष मोडलहरु रनवेमा चर्चित डिजाइनरको ड्रेस प्रस्तुत गर्ने छन् ,
उक्त कार्यक्रम मा कोरियोग्राफी आशिष् नपितको रहेको छ भने निशान्त कटुवालले कार्यक्रम संचालकको भूमिका निर्वाह गर्ने छन ।

कार्यक्रम लाई सुब्यवस्थित तरिकाले सम्पन्न गर्नका लागी सम्पुर्ण आयोजक टिमको कडा मेहनत रहिआएको आयोजक टिमको भनाइ छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *