गैडहवा गाउपालिका वार्ड न ७ मा प्रमुख सचेतक भुमिश्वर ढकालबाट बिकाश निर्माणका लागि निरिक्षण

२०७६ कार्तिक ८, शुक्रबार २१:११ गते २०७६ कार्तिक ८, शुक्रबार २१:११ गते २०७६ कार्तिक ८, शुक्रबार २१:११ गते

सुबास बेल्बासे

कार्तिक ८ रुपन्देही। प्रदेश सरकार ५ न.का प्रमुख सचेतक माननीय भुमिश्वर ढकाल र आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केशी ज्यु बाट गैडहवा गाउपालिका वार्ड न ७ मा बिकाश निर्माणको लागि अनुगमन र निरिक्षण गर्नु भएको छ।दिपावलिको सुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा अनुगमन र निरिक्षण गर्नु भएको हो।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै माननीय ढकालले यो वार्ड लाइ एक नमुना वार्ड बनाउने प्रतिबद्धता समेत जाहेर गर्नु भएको थियो।उक्त वार्ड को खानेपाली, स्मार्ट कृषि ,प्रहरी चौकी ,आइचवाल कटुवाघाटमा पक्कि पुल निर्माणको शिलान्यास अर्को बर्स हुने समेत बताउनु भएको छ।

सुर्यपुरा प्रहरी चौकिको लागि एउटा गाडी ब्यबस्थापनको लागि पहल गर्ने ,गैडहवा तालको लागि सुधार र प्रचारप्रसार गर्न समेत आह्वान गर्नु भएको थियो।कार्यक्रमको स्वागत मन्तब्य सन्दिप गुप्ताले गर्दै वार्ड्लाइ एक नमुना वार्ड बनाउन आफू र सम्पुर्ण वार्ड्बासी सकृय रहेको बताउनु भएको छ। कार्यक्रमको संचालन चन्द्र प्रकाश घर्तिले गर्नु भएको थियो।कार्यक्रमको अन्त्यमा सन्दिप गुप्ताले वार्डमा रहेका हरेक समस्याहरुको बारेमा सम्बोधन गर्दिनु भएकोमा माननीय ढकाललाइ धन्यवाद ज्ञापन समेत गर्नु भएको थियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *