गुडिरहेको रेलमा एक्कासी आगलागी भएपछी

२०७६ कार्तिक १४, बिहीबार १६:२० गते २०७६ कार्तिक १४, बिहीबार १६:२० गते २०७६ कार्तिक १४, बिहीबार १६:२० गते

पाकिस्तानमा रेलमा आगलागी हुँदा कम्तिमा ६२ जनाको मृत्यु भएको छ। उक्त आगालगीमा परेर ४२ जनाभन्दा बढी यात्रु घाइते भएको समाचार संस्था जियो न्यूजले जनाएको छ। तेज गाम एक्सप्रेसमा बिहीबार बिहान आगलागी भएको हो। उक्त रेल कराचीबाट रावलपिण्डी गइरहेको थियो। लियाकत पुर भन्ने ठाउँमा पुग्दा उक्त रेलका तीन डिब्बामा आगलागी भएको थियो। आगलागीको कारण रेलभित्र राखिएका ग्यास सिलिन्डर विस्फोट हुनु रहेको पाकिस्तानी संचार संस्थाहरूले लेखेका छन्।

सरकारी अधिकारी रहीम यार खानले उक्त संख्यामा मृत्यु भएको र मृतकको संख्या बढ्न सक्ने जानकारी दिएका छन्। घाइतेहरूलाई अस्पताल पठाइएको पनि उनले जानकारी दिए। पाकिस्तानका रेलमन्त्री शेख रशीदले आगलागीमा परेको एक समूह नै थियो। जो लाहोरमा इज्तिमाहका लागि गइरहेको थियो। उनीहरूसँग रहेका ग्यास सिलिन्डर विस्फोट भएको उनले बताएका छन्।

आगलागी भएको रेल लिकबाट बाहिर नगएको र आगलागी भएको एकघण्टाभित्र नै लियाकतपुर स्टेसनमा पुर्‍याइएको बताइएको छ। रेलमा आगलागी भएको र ठूलो संख्यामा यात्रुको मृत्यु भएकोप्रति प्रधानमन्त्री इमरान खानले दुःख व्यक्त गरेका छन्। उनले उद्दार र घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन्। रेलमन्त्री रशीदले उक्त घटनाको छानबिन हुने बताएका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *