घाइतेकाे बयान: ओभर लोडका कारण बस पल्टियो

२०७६ कार्तिक १५, शुक्रबार ११:३८ गते २०७६ कार्तिक १५, शुक्रबार ११:३८ गते २०७६ कार्तिक १५, शुक्रबार ११:३८ गते

काठमाडौं– म सिन्धुपाल्चोकको ताराङमारङबाट बस चढे। गाडी सुरुमै भरिभराउ आएको थियो। तै पनि चढनै पर्ने बाध्यता थियो। जति वर आयो उति मान्छे थप्दै गयो गाडी। हुँदाहुँदा पाइला राख्ने ठाउँसम्म पनि थिएन।बिचमा पनि तीन लाइन गरेर मान्छे राखेको थियो। खलासीले गाडीको सिसाबाट मान्छे मिलाउँदै मान्छे थप्दै आएका थिए। तिन लाइन भरिएपछि हुटमा पनि मान्छे चढे। हामीले ठाउँ छैन मान्छे नचढाउ भन्दा उल्टै हामीलाई खलासीले थर्काउन थाले।गाडी बिस्तारै भारेगाउँको उकालो उक्लियो। बाटो कच्ची भएका कारण धेरै नै डर लागेको थियो। भारेगाँउमा प्रहरी चौकी छ। चौकी आउनु अघि हुटका मान्छे झार्यो। प्रहरी चौकीमा गाडी नम्बर दर्ता गराएपछि फेरि केहि पर गएर गाडी रोक्यो। हुटका मान्छे फेरि हुटमै चढ्न लगाइयो।

प्रहरी चौकी अघिबाटै ती हुटका मान्छे गाडी चढ्न आए तर प्रहरीले देखे नदेनदेखे झैं गर्छ। प्रहरीमा दर्ता गर्ने बेलामा यात्रु धेरै हुन्छन तर संख्या कम देखाइन्छ।म यहीँ बाटो भएर यात्रा गर्ने नियमित यात्रु भएका कारण यहाँका सम्पूर्ण नराम्रो नियत थाहा छ। यात्रुलाई प्रहरी र यातायात ब्यबसायीले नै मिलेर दुःख दिने गरेका छन्। यो रुटमा आमा हेल्मो यातायातको सार्वजनिक गाडी चल्छ। गाडी थोरै भएका कारण मान्छेको चापाचाप गरेर काठमाडौं जानू पर्ने बाध्यता छ।गाडी फेदीमा पुगेपछि पल्टियो। ओरालोमा ब्रेक राम्रोसँग लागेन। ड्राइभरले खलासीलाई ओट हाल्न भने। खलसीले हालेको ओट नाग्दै गाडी पल्टियो। मान्छेहरु धेरैलाई चोट लागेको छ। मेरो हात चल्दैन। जितबहादुर तामाङ, मेलम्ची नगारपालिका–४ (घाइते तामाङको हाल टिचिङ हस्पताल महाराजगन्जमा उपचार भैरहेको छ।)सिन्धुपाल्चोकको गोल्फुभन्ज्याङबाट काठमाडौ आउँदै गरेको बा ५ ख ५०७० नम्बरको बस शंखरापुर नगरपालिकास्थित फेदी पुल नजिकै दुर्घटना हुँदा ३ जनाको मृत्यु र ४५ जना घाइते भएको प्रहरीले जनाएको छ। जसमा ६ जनाको स्थिति गम्भीर छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *