कात्तिक १७ गते आइतबार सार्वजनिक विदा

२०७६ कार्तिक १५, शुक्रबार १३:२६ गते २०७६ कार्तिक १५, शुक्रबार १३:२६ गते २०७६ कार्तिक १५, शुक्रबार १३:२६ गते

कार्तिक १५ काठमाडौं दशै अनि तिहारको रौनकलाई बिट मारेपछि नेपालीहरूको दैलोमा छठ पर्वको रौनकले ढकढक्याउने गर्दछ। यसै छठ पर्वको अवसरमा कात्तिक १७ गते आइतबार प्रदेश २ ले सार्वजनिक विदा दिने भएको छ । यस पटकको छठ पर्व शनिबार र आइतबार परेको छ । यसअघि संघीय सरकारले छठ पर्वको पहिलो दिन मात्रै विदा दिँदै आएको थियो ।शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ । वैदिक सनातन धर्मका सम्पूर्ण पर्व अनि शक्तिहरु प्रकृती अनि पृथ्वीको वरिपरि घुमेका हुन्छन् जसको प्रयोगात्मक महत्व अत्यन्तै वैज्ञानीक रहेका हुन्छन् ।

छठ पर्व सूर्यदेवको अनुष्ठान हो, हरेक मानवले जन्म देखि मृत्यूपर्यन्त देख्ने विशालकाय शक्ति अनि उर्जाकेन्द्र सूर्यसंगको मानवको सहअस्तित्व छठसंग सांस्कृतिक पृष्ठभूमि जोडिएको छ ।छठ संगै चाडपर्वका लावालस्करहरु केही महिना मत्थर हुन्छन् , अब धानवाली काट्ने, दाउनी गर्ने अनि अन्न भित्राउने भ्याइनभ्याई हुन्छ । नयाँ धानका चिउराहरु कुटाउने चलन पनि छठमा रहेको छ, यसरी नयाँ अन्न लाई पनि छठको प्रसादी रुपमा चढाउने चलन हुन्छ । महाभारतमा कर्णले प्राप्त गरेको अथाह ऐश्वर्य अनि शक्ति सबै छठको व्रतको प्रभावस्वरुप भएको जनउक्ति छ भने द्रोपतीले पनि छठको व्रत लिएको कुरा पनि उल्लेखीत छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *