१२ कल घण्टी बजिसकेको छ। तर किन हो फोन उठेन। फोन नउठेपछि सँगैका साथीले छाम्दा पो थाहा पाए विष्णु त सकिएछन्। त्यो साँझ लगातार बजेको फोनको घण्टी विष्णुले उठाउन पाएनन्। दिनभरिको तातो घाममा खटिएका विष्णुलाई के थाहा मरुभूमिको देशमा कहिल्यै नउठ्ने गरी निदाउँछु भनेर। उनी अब कहिल्यै उठ्ने छैनन्!१२ कल घण्टी बजिसकेको छ। तर किन हो फोन उठेन। फोन नउठेपछि सँगैका साथीले छाम्दा पो थाहा पाए विष्णु त सकिएछन्। रोजगारीका लागि १० महिनाअघि कतार पुगेका प्यूठान ओखरकोट मच्छीका २७ वर्षीय विष्णुबहादुर केसीको शव २०७६ जेठ १४ गते बिहान ९ः४५ बजे कतार एयरवेजमा काठमाडौं ओर्लंदै थियो।
उनको शवसँगै कतार एयरवेजबाट घर फर्किरहेका नेपाली कामदार उज्यालो अनुहारमा बाहिरिंदै थिए। तर देशलाई रेमिट्यान्स पठाएर गुण लाउनेमध्येका विष्णु भने बाकसमा कैद थिए। बिदाइमा हल्लिएका आफन्तका हात त्यसदिन विष्णुको शवले भरिएको बाकस पर्खिरहेका थिए। उनको शवसँगै कतार एयरवेजबाट घर फर्किरहेका नेपाली कामदार उज्यालो अनुहारमा बाहिरिंदै थिए। तर देशलाई रेमिट्यान्स पठाएर गुण लाउनेमध्येका विष्णु भने बाकसमा कैद थिए। शवसँगै आएका रामविलास यादवले एउटा हाते झोला विष्णुको आफन्तलाई सुम्पिए, साथमा ४ हजार २ सय कतारी रियाल पनि।मध्याह्न १२ बजे शववाहन बाकसमा कैद विष्णुलाई लिएर एयरपोर्टबाट बाहिरियो। काठमाडौंबाट प्यूठान मच्छी पुग्न ४ सय ७० किलोमिटरको दूरी पार गर्नुपर्छ।
बिस्तारै हाँक्न भन्, बिहान मात्र पुग्ने हो, कति उडाएको।’सयको गतिमा पछ्याउँदा पनि शववाहन भेट्न हम्मे परेपछि केशरले दाउन्नेमा रोकिन भने। केशर विस्मात गर्दै भन्थे, ‘विजोग छ, आमा पाल्ने छोरो गइहाल्यो।’ शववाहनमा दुई भाइहरू बसे। जाम छिचोल्दै नागढुंगा पुग्दा शववाहन धादिङ कटि सकेकोछ। ‘उफ कस्तो हुइँकाएको’ केशरले शववाहनमा बसेका भाइलाई फोनमा सजग गराए, ‘बिस्तारै हाँक्न भन्, बिहान मात्र पुग्ने हो, कति उडाएको।’सयको गतिमा पछ्याउँदा पनि शववाहन भेट्न हम्मे परेपछि केशरले दाउन्नेमा रोकिन भने। केशर विस्मात गर्दै भन्थे, ‘विजोग छ, आमा पाल्ने छोरो गइहाल्यो।’बल्ल शववाहन चालक रामेछाप गोठपानीका रविन श्रेष्ठ भेटिए। हाफ पाइन्ट र पातलो टिसर्ट लगाएका उनले भने, ‘अर्को लास भोलि २ बजे आउँदै छ, अघि फोन आइसक्यो।’ अवाक बनाउने यो बाक्य निक्कै भारी थियो। एयरपोर्टबाट शव लिएर निस्कँने उनले महिनामा १२ वटासम्म बोक्दा रहेछन्।रोजगारीका लागि विदेश गएकाहरू यो वर्ष पछिल्लो तथ्यांकअनुसार ६ सय ७० जनाले ज्यान गुमाए। दस वर्षको तथ्यांकमा कम्तीमा ७ हजार युवाको कफिन नेपाल भित्रिएको छ।
Views: 0