गुल्मी मुसिकोटका एक व्यक्तिले आफ्नो विवाहको* भोज भतेर नगरी स्थानीय गाँउको क्लवलाई सहयोग गरेका छन् । मुसिकोट नगरपालिका २ मुसिकोट बगैचा निवासी समाजसेवी* युवा बिष्णु अधिकारीले विवाह गरेर भोज भतेरमा रकम खर्च नगरी *सोही वडाको खड्गदेवी युवा क्लवलाई नगद रु.६० हजार सहयोगको* घोषणा गरेका छन् ।हाल बैदेशिक रोजगारीको शिलशिलमा रिपब्लिक चेकमा* कार्यारत रहेका समाजसेवी अधिकारीले उक्क्त रकम क्लवले*आयोजना गरेको खुल्ला भलिवल तथा विविध साँस्कृतिक कार्यक्रमका* अवसरमा रकम दिने घोषणा गरेका हुन ।
पछिल्लो समयमा गाँउटोलमा हुने साना ठूला विभिन्न सभा समारोह शुभ कार्य *तथा कार्यक्रममा टेन्टको निकै आवश्यकता परेको कार्यक्रम स्थलहरुमा टेन्ट बाहिरबाट ल्याएर कार्यक्रम गर्नुपर्ने भएकोले अव त्यो समस्यालाई *हल गर्न क्लवलाई टेन्ट र आवश्यक अन्य सामाग्री खरिद गर्नका लागि रकम सहयोग गरेको खड्गदेवी युवा क्लवका *उपाध्यक्ष रामप्रसाद आचार्यले जानकारी दिए । साथै क्लवले समाजसेवी अधिकारीले समाजप्रति गरेका काम* उदाहरणीय र प्रशंसनीय भएको सहयोगीलाई धन्यवाद दिएको छ ।[][]
यो पनि पढ्नुस
अंगुरमा पौष्टिक तत्वले भरपुर हुन्छ । यसमा पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन बीसिक्स र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छन् । यदि तपाईंले एक महिनासम्म दैनिक अंगुरको सेवन गर्नुहुन्छ भने यसले तपाईंको शरिरलाई पुर्याउने फाइदाबाट तपाईं निकै सन्तुष्ट हुनुहुनेछ ।
- तपाईंको मुटु स्वस्थ हुन्छःअंगुरमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ जसले मुटुसम्बन्धि रोग न्यूनिकरणमा सहयोग गर्छ । यसमा पाइने पोलिफेनोलले पनि मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनले गरेको अनुसन्धानमा अंगुरमा पाइने पोलिफिनोलले एलडीएल (ब्याड कोलेस्ट्रोल) घटाउँछ, रक्तचाप कम गर्छ, शरिर सुन्निनेलगायतका समस्या कम गर्छ ।
- तपाईंको पाचनक्रिया बलियो हुन्छःअंगुरमा फाइबर हुन्छ जसले पाचनतन्त्रलाई बलियो बनाउँछ । अंगुरमा विशेषगरी इन्सोलुबल ( अघुलनशील) फाइबर हुन्छ । यसले पेटलाई सफा राख्न मद्दत गर्छ । कब्जियतको समस्या भएकालाई अघुलनशील फाइबर निकै फाइदाजनक हुन्छ । अंगुरमा हुने पानीले पनि पाचनक्रियामा सहयोग गर्छ ।
- तपाईंलाई उर्जावान् राख्छःअंगुरमा कार्बोहाइड्रेट हुन्छ विशेषगरी सेलुलोस । सेलुलोसलाई प्राकृतिक ‘इनर्जी बुस्टर’ भनिन्छ । एक गफ्फा अंगुर मुखमा हाल्नुहोस्, तपाईंले एकाएक उर्जावान् महसुस गर्नुहुन्छ । यसमा अत्यधिक फाइबर हुने भएकाले यो बिस्तारै पच्छ । यसैकारण तपाईंलाई लामो समयसम्म ऊर्जा दिने गर्छ ।
- तपाईंको मृगौला स्वस्थ रहन्छःअंगुरमा एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मृगौलामा प्रवेश गर्न सक्ने हानिकारक तत्वलाई बाहिर निकाल्ने काम गर्न सक्छ । यी एन्टिअक्सिडेन्टले युरिक एसिडजस्ता बेकारका उत्पादनलाई बाहिर निकाल्ने काम गर्छ ।नेशनल किड्नी फाउन्डेशनले मृगौलालाई स्वस्थ राख्न दैनिक १५ वटा अंगुर खानुपर्ने सल्लाह दिएको छ े ।
- विभिन्न क्यान्सरबाट जोगाउँछःपुनः त्यही शक्तिशाली एन्टिअक्सिडेन्टलाई श्रेय जान्छ । यसमा एन्टिक्यान्सर गुण पनि हुन्छ जसले स्तन क्यान्सरलगायतका विभिन्न क्यान्सरबाट जोगाउँछ । अंगुरमा पाइने रेस्भेराट्रोलजस्ता पोलिफेनोल्सले क्यान्सरबाट जोगाउँछ ।
- सास फेर्न सहज बनाउँछःसन् २००७ को एक अध्ययन अनुसार बदाम, काजुलगायतका विभिन्न नट्स र फलफूलमा विशेषगरी अंगुर खाने बच्चाहरुमा दमको लक्षण कम देखियो । अंगुरमा पाइने पानीको मात्राले यस्तो भएको हुनसक्छ ।[]
Views: 0