सिड्नी । अस्ट्रेलियाको सिड्नीमा यौ’न दु’र्व्यवहार भएको सिसिटिभी फुटेज एनएसडब्ल्यू प्रहरीले सार्वजनिक गरेको छ । अघिल्लो साता एक युवतीमाथि एक महिलामाथि इनर सिड्नी लेनवेमा यौ’न दु’र्व्यवहार भएको भिडियो प्र’हरीले शुक्रवार सार्वजनिक गरेको हो । क्लबबाट आएकी ती महिला आफ्नो साथीहरूबाट अलग भएपछि उनीमाथि यौ’न हम’ला भएको थियो ।
सार्वजनिक भिडियोमा युवतिलाई तानेर सिड्नीको एक गल्लीतिर लगेको देखिएको छ । उक्त घटना आइतबार बिहान २ः३० बजेको समयमा भएको प्र’हरीले बताएको छ । प्रहरीले उक्त दु’व्र्यवहार गर्ने व्यक्तिको पहिचान गर्नको लागि उक्त भिडियो सार्वजनिक गरेको बताएको छ । प्र’हरीका अनुसार २२ वर्षीया सिड्नीकी युवतीसँग पुरुषले नजिक हुन खोजेका थिए । त्यसपछि ती महिला र पुरुष केहीसमय सँगै हिडेर केही अघि बढेपछि उक्त पुरुषले युवतीमाथि दु’व्र्यवहार गरे’का थिए ।
उक्त पुरुषले यौ’न दु’व्र्यवहार गरेपछि उक्त युवतीले आफ्नो साथीलाई बोलाएर सुथरल्याण्ड अस्पताल गएर घ’टनाको उजुरी दिएकी थिइन् । घ’टनाको भिडियो सार्वजनिक गरेपछि एनएसडब्ल्यू प्रहरी निरिक्षक गाभिन विकले यौ’न हमला धेरै ग’म्भीर अ’पराध भएको बताएका छन् । उनले यौ’न दु’व्र्यवहार गर्ने पुरुषको भारतीय उपमहाद्वीपतिरको हुनसक्ने बताएका छन् । उनका अनुसार १७० सेन्टिमिटर उचाई रहेको पुरुषले सेतो टिसर्ट, गाढा रंगको लामो पाइन्ट र चश्मा लगाउको बताएका छन् । यदी कसैले उनलाई चिनेमा प्र’हरीलाई खबर गर्न समेत भनेका छन् । – नेपाली पत्र
यो पनि पढ्नुहोस ! भिजिट भिसामा अष्ट्रेलिया आउँदा शैक्षिक प्रमाणपत्र बोक्ने युवती डि’पो’र्ट: अष्ट्रेलियाको अध्यागमनका अधिकारीहरुले एक २३ वर्षीय युवतीलाई अष्ट्रेलिया भिजिटर भिसामा आउँदा शैक्षिक प्रमाणपत्र बोकेको फेला पारेपछि देश निकाला गरिदिएका छन् । घटना भिक्टोरियाको हो । स्थानीय एभलोन एयरपोर्टमा आइपुगेकी एक भारतीय युवतीलाई छड्के जाँचको क्रममा अधिकारीहरुले सोधपुछ गरेका थिए ।सोधपुछका क्रममा उनले आफुले केही औषधि ल्याएको बताएकी थिइन् । औषधि हेर्ने क्रममा उनको लगेजमा शैक्षिक प्रमाणपत्रहरु कपडाभित्र बेरेर लुकाएको अवस्थामा भेटिएको थियो । उनलाई आईएलटीएस रिपोर्ट, शैक्षिक प्रमाणपत्र ल्याउनुको कारण सोधिएको थियो । उनले कुनै स्पष्ट जवाफ दिन सकिनन् । आफ्नो काका काकीसँग भेट्न आएको भनिएकी युवतीले आफु तीन महिनाको लागि घुम्न आएको बताएकी थिइन् । तर, उनीसँग मात्र एक सय डलर थियो । अनि, घुम्ने ठाउँहरु के के छन् भन्ने प्रश्नमा उनले उत्तर दिन सकिनन् । मात्र भनिन्, “यहाँका सुन्दर पार्क र होटलहरु घुम्ने रहर छ ।”
थप शंका लागेपछि अधिकारीहरुले निज युवतीका काका काकीलाई सोधेका थिए । उनीहरुले आफ्नो आफन्त एक महिना मात्र घुमेर फिर्ता हुने बताएपछि कुरा अझ रहस्यमय बनेको थियो । यिनै प्रमाणका आधारमा उनको अष्ट्रेलिया प्रवेश अस्वीकृत गर्दै उनलाई फिर्ता पठाइएको छ । फिर्ता पठाउनुअघि उनलाई ब्रोडमेडोज बन्दी गृहमा राखिएको थियो । युवतीसँग अधिकारीहरुले करिब सात घण्टा सोधपुछ गरेका थिए । घटनापछि एसबीएस पन्जावीलाई प्रतिक्रिया दिँदै मेलबर्नमा रहेका उनका आफन्तहरुले आफुहरुलाई उनले सर्टिफिकेटहरु ल्याएको बारेमा थाहा नभएको बताएका छन् । यदि त्यस्तो गर्ने थाहा भएको भए नगर्न भन्ने प्रतिक्रिया पनि उनीहरुको छ ।
पछिल्लो समय अष्ट्रेलिया आइसकेका भिजिटर भिसावाहकले पनि पढ्ने अनुमति पाउने गरेका छन् । यसरी भिजिटर भिसामा आउने र यहाँ आएर पढाईका लागि आवेदन दिनेहरुको संख्या बढ्दै गएको छ ।भारत फर्किँदै गर्दा मलेसियाको एयरपोर्टमा ४८ घण्टाको ट्रान्जिटमा बसेकी उनले आफुलाई हत्कडी लगाएर अमानवीय व्यवहार भएको प्रतिक्रिया दिइन् । “यदि यस्तो हुन्छ भन्ने थाहा भएको भए म अष्ट्रेलिया आउने नै थिइनँ ।” उनको प्रतिक्रिया छ । साभार एम एन टिभी
Views: 1