अस्ट्रेलियामा अध्यन गर्न आएका नयाँ बिधार्थिहरुलाई यस्ता महत्वोपुर्ण सुझाबहरु जान्नैपर्ने

२०७६ कार्तिक १८, सोमबार १६:१४ गते २०७६ कार्तिक १८, सोमबार १६:१४ गते २०७६ कार्तिक १८, सोमबार १६:१४ गते

अस्ट्रेलिया  .अस्ट्रेलियामा अध्यनगर्न को लागि नेपाल बाट बिधार्थी हरु आउने क्रम दिन प्रतिदिन बढ्दो छ ! नेपालि बिधार्थिहरुको लागि अस्ट्रेलियामा पढ्न पाउनु भनेको एउटा राम्रो अवसर पनि हो ! तर अस्ट्रेलिया बारे एउटा यथार्थ के पनि हो भने यहाको बिधार्थी जीवन भनेको चुनौतिपूर्ण पनि छ ! चुनौती हरुलाई हामि मध्ये कैयुले त सहि तरिका ले सामना गर्न नै सक्दैनौ !आफू स्वयं विद्यार्थीको रूपमा अष्ट्रेलिया आएर भोगेका पाठहरू र व्यवसायकै सिलसिलामा प्रत्यक्ष रूपमा हरेक दिन थुप्रै विद्यार्थीहरूसँग हुने गरेका अन्तरक्रियाको आधारमा नयाँ विद्यार्थी साथीहरूलाई केही सुझाव दिनु यो लेखको उद्देश्य हो ।

१. स्वास्थ्य सबैभन्दा ठूलो धन:हामीले सबैभन्दा पहिले स्वास्थ्यलाई नै प्राथमिकता दिनु जरूरी छ । भनिन्छ, ‘राम्रो स्वास्थ्य हुनुमात्र सबैथोक होइन, तर स्वास्थ्य नै राम्रो भएन भने बाँकी अरू चीज केही पनि होइन ।’ पढाइ र कामको चटारोमा खाना, आराम र निद्रामा पर्याप्त ध्यान नपुग्न सक्छ । स्वस्थ खाना पकाएर खाने झञ्झटभन्दा फास्टफुड खाँदै हिँड्नु सजिलो र स्वादिलो विकल्प बन्न पुग्छ । तर, यसको परिणाम भने राम्रो आउँदैन । आएको एक दुई वर्षमै १०÷१५ किलो तौल बढाएका थुप्रै विद्यार्थीहरू मैले भेटेको छु । खाना र आराममा ध्यान नदिँदा म आफै पनि पेटको समस्याबाट पीडित बन्न पुगेको थिएँ । शरीर स्वस्थ भएन भने पढाइ र काम दुबैमा नराम्रो असर पर्छ । त्यसैले यसलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । पौष्टिक खानेकुरा, फलफूल र तरकारी प्रशस्त खाने, पानी पर्याप्त पिउने, सकेसम्म घरमै बनाएको स्वस्थकर खाना बोकेर कलेज र काममा लाने र बाहिर खानै परेमा पनि जंक फुड सकेसम्म कम खाने, जीममा भर्ना हुने वा त्यो महंगो लाग्छ भने घरमै गर्न सकिने कसरतहरू नियमित रूपमा गर्ने, पार्कमा हिंड्ने वा दगुर्ने आदि गरेर शरीरलाई बलियो र स्वस्थ राख्नुपर्दछ ।

२. आत्मअनुशासनको अभ्यास:कतिपय विद्यार्थीहरूले यहाँ आउनुभन्दा पहिले आफ्नो देशमा सजिलो जीवनशैली बिताएर आएका हुन्छन् । बाबुआमासँग बस्ने हुनाले खर्चको चिन्ता लिनु नपर्ने, बाहिर काम गरेको अनुभव नहुने, हरेक कुरामा बाबुआमा र शिक्षकको सल्लाह सुझाव पाइने स्थितिबाट एकैपल्ट नयाँ वातावरणमा आइपुग्दा धेरैलाई असाध्यै अप्ठ्यारो महसुस हुन्छ । जीवनमा अनुशासनको ठूलो महत्व छ, विद्यार्थीहरूका लागि त यो अझ महत्वपूर्ण छ । नेपालमा जस्तो ‘यो गर, त्यो नगर’ भनेर सुझाव दिने अभिभावक, आफन्त र शिक्षक यहाँ नहुन सक्छन् । र, साथसाथै घर छाडेर आएका विद्यार्थीलाई एकैपल्ट आफ्नो बारेमा पूरै निर्णय गर्न सक्ने पूर्ण स्वतन्त्रता पनि मिल्दछ । कतिपय विद्यार्थीहरू यसरी एक्कासी पाइएको पूर्ण स्वतन्त्रतालाई सही तरिकाबाट उपयोग गर्न सक्दैनन् र अल्मलिन्छन् । आफ्नो लक्ष्य के हो, म जीवनमा के गर्न चाहन्छु, मेरा बुवाआमाले के सपना देख्नुभएको छ भन्ने कुरालाई नबिर्सेर आफूले आफैलाई अनुशासित राख्नु र आफ्नो लक्ष्य पूरा गर्ने मार्ग निरन्तर अगाडि बढ्नु जरूरी छ ।

३. सही साथीसँग संगत:नेपालीमा एउटा उखान छ, ‘कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि’ । भनिन्छ, तपाईंले सबैभन्दा धेरै संगत गर्ने पाँचजना साथीको औसत रूप नै तपाईं हो । युवा अवस्थामा साथीभाइको लहलहैमा लागेर कुलतमा फस्ने सम्भावना ज्याँदा रहन्छ । अहिले अष्ट्रेलियामा आएका विद्यार्थीहरूमा देखिएको सबैभन्दा प्रमुख समस्या भनेको लागू पदार्थ सेवन र ग्याम्ब्लिङ हो । यस्ता कुलतमा फसिसकेपछि बाहिर निस्कन धेरै गाह्रो हुन्छ । संगतकै कारणले कुलतमा फसेर कैयौँ युवाले ज्यान गुमाएका उदाहरणहरू यहाँ अष्ट्रेलियामा पनि धेरै नै छन् । त्यसैले सुरुबाटै खराब संगतबाट आफूलाई मुक्त राख्नुपर्दछ ।

४. नियम कानुनको पालना:कानुन यस्तो चीज हो जुन जान्दिन पनि भन्न पाइँदैन र मान्दिन पनि भन्न पाइँदैन । नेपालको तुलनामा अष्ट्रेलियामा कानुनको कार्यान्वयन प्रभावकारी छ । भन्नुको अर्थ, तपाईंले गल्ती गर्नुभयो वा अपराध गर्नुभयो भने उम्कने सम्भावना कम हुन्छ । यहाँ आइसकेपछि यहाँका नियम, कानुन, सामाजिक मर्यादा आदिका बारेमा जतिसक्दो छिटो जानकारी लिनुपर्दछ र त्यसको पालना पनि गर्नुपर्दछ । विद्यार्थीले सबैभन्दा पहिले आफ्नो भिषा शर्तहरूको बारेमा राम्रो जानकारी राख्नुपर्दछ ।

५. निरन्तर सिकाइ:कोर्स बुककै मात्र पढाइको हिसाबले हेर्ने हो भने विदेश पढ्न आउनुको खासै अर्थ हुँदैन । पठ्यपुस्तकको अतिरिक्त अन्य विविध क्षेत्रमा ज्ञान हासिल गर्ने र निरन्तर सिकाइको मार्गमा लम्कने गर्नु सफलताको लागि अपरिहार्य तत्व हो । यसको लागि हरेक विद्यार्थी जागरुक र सक्रिय हुनुपर्दछ । उदाहरणका लागि, आफू बसेको काउन्सिलमा भएको पुस्तकालयमा निःशुल्क सदस्य बन्न पाइन्छ तर, हामीमध्ये धेरैजसो लाइब्रेरीको सदस्य समेत बनेका हुँदैनौँ । त्यतिमात्र होइन, कलेजको पढाइका अतिरिक्त आफूलाई रूची भएको विषयमा आफैले थप अध्ययन गर्ने र रिसर्च गर्ने गरियो भने यसले तपाईंको ज्ञानको दायरा फराकिलो त पार्छ नै, पढाइ सकिएपछि राम्रो काम पाउने सम्भावनासमेत बढाउँछ ।

५. अंग्रेजी भाषामा सुधार:अष्ट्रेलिया बस्दैमा अंग्रेजी भाषा स्वतः राम्रो हुन्छ भन्ने ग्यारन्टी हुँदैन । मेरो आफ्नो अनुभवमा बोल्ने र अरूले बोलेको बुझ्ने कुरामा प्रगति प्रायः धेरैले गर्ने गर्दछन् तर लेखाइ र पढाइमा राम्रो गर्न भने आफू स्वयंले अतिरिक्त मेहनत गर्नै पर्दछ । अष्ट्रेलियामा जागिर पाउन मात्र होइन, पीआर पाउनसमेत अहिले अंग्रेजी भाषामा उच्चस्तरको दक्षता खोजिन्छ । त्यसैले अंग्रेजी भाषामा दक्षता बढाउन सँधै प्रयासरत रहनुपर्दछ ।

७. परिवार र आफन्तजनसँग निरन्तर सम्पर्क:तपाईं यहाँसम्म आइपुग्नमा परिवार र आफन्तजनको ठूलो भूमिका छ । विशेषगरी अष्ट्रेलिया आएको सुरुको समयमा परिवार र आफन्तको याद धेरै आउने र छुट्टिएर टाढा बस्नुपर्दाको दुःख धेरै महसुस हुने गर्दछ । प्रविधिको विकासले अहिले धेरै कम खर्च वा निःशुल्कसमेत फोन र भिडियोमार्फत कुराकानी गर्न मिल्ने सुविधा छ । परिवार, आफन्त र साथीभाइसँग निरन्तर सम्पर्कमा रहँदा संघर्षको लागि अतिरिक्त उत्प्रेरणा मिल्ने मात्र होइन, तपाईंमा सकारात्मक ऊर्जासमेत आउँछ । र, विदेशमा बस्दासमेत तपाईंलाई एक्लो महसुस हुँदैन ।

८. सोखका काम र मनोरञ्जन:हरेक व्यक्तिको आआफ्नै सोख हुन्छन् । कसैलाई संगीतमा सोख हुनसक्छ । कसैलाई प्रकृतिसँग रमाउने सोख हुनसक्छ, त कसैलाई खेलकुदको वा फोटोग्राफीको । नेपालको तुलनामा यहाँ ती सबै सोख पूरा गर्न सजिलो छ र त्यसको लागि राम्रो वातावरण छ । त्यसैले काम र पढाइमा मात्र एकोहोरो नलागेर आफूलाई सोख लागेको कुरामा पनि समय दिँदा त्यसले तपाईंको सिर्जनशीलता र रचनात्मक शक्तिलाई बढाउने काम पनि गर्दछ । कतिपयले अष्ट्रेलिया आएर आफ्नो सोखलाई नै करियरको रूपमा रूपान्तरण गरेर सफलता कमाएका पनि छन् ।

९. ध्यान र योग:विदेशको जीवन तनावपूर्ण नै हुने गर्दछ । अझ विद्यार्थी जीवन त अझ धेरै संघर्षमय हुन्छ । ज्यादा तनावकै कारण कतिपय विद्यार्थीले आत्महत्या समेत गरेका दुःखद् उदाहरणहरू समेत छन् । शारीरिक व्यायामका अतिरिक्त ध्यान र योगलाई समेत हाम्रो दैनिक जीवनको अंग बनाउने हो भने तनावबाट छुटकारा पाउन सजिलो हुन्छ । यो वैज्ञानिक रूपमा समेत प्रमाणित भएको तथ्य हो ।अन्तमा, सफल र सुखी जीवनका लागि जग हाल्ने समय यही हो । जग नै कमजोर भयो भने पछि भवन बलियो हुँदैन । त्यसैले शारीरिक, मानसिक, बौद्धिक र आध्यात्मिक सबै पाटाहरूमा आफूलाई बलियो बनाउने अवसरको रूपमा विद्यार्थी जीवनलाई उपयोग गर्न लागिपर्नुहोस् । अष्ट्रेलियामा पढेर सुनौलो भविष्य बनाउने लक्ष्य बोकेर आउनुभएका सबै विद्यार्थी साथीहरूलाई धेरै धेरै शुभकामना ! – नेपाली पत्र बाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *