पर्यटकलाई बन्धक बनाएर लुट्ने कांग्रेस नेतासहित ८ जना पक्राउ

२०७६ कार्तिक ३०, शनिबार १६:३७ गते २०७६ कार्तिक ३०, शनिबार १६:३७ गते २०७६ कार्तिक ३०, शनिबार १६:३७ गते

काठमाण्डौ।  विदेशी पर्यटकलाई बन्धक बनाएर लुट्ने कांग्रेस नेतासहितको गिरोह पक्राउ परेको छ। भारतीय पर्यटकलाई बन्धक बनाएर लुटपाट गरेको आरोपमा काभ्रेको मण्डनदेउपुर–१२ का कांग्रेस नेता दिलबहादुर दोङसहित ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार प्रारम्भमा १२ जनालाई पक्राउ गरिए पनि चार जनाको संलग्नता नदेखिएपछि छाडिएको छ।

उनीहरुलाई प्रहरीले एक साता अघि पक्राउ गरेर चोरी, डाँका सम्बन्धी कसूरमा मुद्दा चलाए पनि घटनालाई गुपचुप राखिएको थियो।अनुसन्धान अधिकृतका अनुसार दिल्लीबाट घुम्न आएको ६ जनाको समूहमा रहेका मध्ये तीन जनालाई उनीहरुले ट्याक्सीमा हालेर उत्तरढोकामा रहेको एउटा कोठामा बन्धक बनाएका थिए। त्यहाँ शारीरिक यातना समेत दिइएको पीडितले दिएको जाहेरीमा उल्लेख छ। पीडितले साँझ स्पाका लागि निस्किएका वेला अपहरणको शैलीमा लगेर करिब डेढ लाख रुपैयाँ भारु लुटिएको बताएका छन्। रकमसँगै मोबाइल पनि लुटिएपछि त्यही दिन भागेर उनीहरु भारततिर पुगेका थिए।

‘हामीलाई काठमाडौं छाडेनौं भने मार्दिन्छु भनिएको थियो’, जाहेरीमा भनिएको छ। गोरखपुर सीमामा पुगेपछि उनीहरुले नेपालमा रहेका एक परिचित व्यक्तिलाई फोन गरेका थिए। उनले काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीलाई घटनाबारे बताएपछि महानगरीय प्रहरी वृत्त, दरबारमार्ग र सोह्रखुट्टेलाई अनुसन्धानका लागि निर्देशन दिइएको थियो।व्यक्ति पक्राउ परेपछि उनीहरुले नेपाल आएर जाहेरी दिएका थिए। सो समूह विदेशी पर्यटकको लुटपाटमा संलग्न पेशेवर गिरोह भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताइएको छ। सोही समूहले यसअघि बंगलादेशी पर्यटकलाई पनि लुटेको हुनसक्ने देखिएकाले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *