एजेन्सी। विश्वका प्रख्यात मन्दिरहरुका आ–आफ्नै विशेषताहरु छन् । तीमध्ये, भारतको तमिलनाडुमा रहेको महालक्ष्मी मन्दिर १५ सय किलो शुद्ध सुनबाट बनेको छ । भारतको तमिलनाडुको भेल्लोर सहरस्थित महालक्ष्मी मन्दिर १५ सय किलो शुद्ध सुनबाट बनेको छ ।करीब १ सय एक्कड क्षेत्रफलमा फैलिएको यो मन्दिर बनाउन ७ वर्ष लागेको थियो । विश्वमै सबैभन्दा धेरै सुन प्रयोग गरिएको यो मन्दिर बनाउन ३ अर्ब भारु खर्च भएको बताइएको छ । अँध्यारोमा जब मन्दिरमा प्रकाश ठोक्किन्छ तब यसको दृश्य निकै अद्भूत देखिन्छ ।
सन् २००७ को अगष्टमा सर्वसाधारणका लागि खुल्ला गरिएको यो मन्दिरको कलाकौशल, डिजाइन तथा निर्माण सबै हातैले गरिएको छ । साथै यो मन्दिरको एक–एक कलात्मक डिजाइन वैदिक मान्यतामा आधारित भएको बताइन्छ । यो मन्दिरभन्दा अगाडि भारतको अमृतसरस्थित गोल्डेन टेम्पल विश्वमा सबैभन्दा धेरै सुन प्रयोग गरिएको मन्दिरको रुपमा प्रख्यात थियो । जसमा साढे ७ सय किलो सुन प्रयोग गरिएको छ ।
यी राशि भएका पुरुषले श्रीमतीलाई रानी बनाएर राख्छन्:ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका पुरुहरूले आफ्नो श्रीमती, प्रेमिका को हरेक दुख सुख, खुसीमा साथ दिने र रमाउने हुन्छन् ।उनीहरू श्रीमती, प्रेमिकाको प्रेममा पागल समेत बन्न सक्छन् । यस्ता राशि भएका पुरुषले जीवनमा आफ्रनो श्रीमतीको हरेक इच्छा,चाहाना पुरा गर्न सफल भएका हसन्छन् । आफ्नो श्रीमती लाइ धेरै माया गर्ने कुरा ज्योतिष शास्त्रले पुष्टि गरेको छ। ती राशि कुन कुन हुन् त हेर्नुहोस् ।वृश्चिक राशीः यो राशी भएको पुरुष सबैको प्यारो हुने गर्छन् । आफ्नो जिम्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन् । सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्ति मान सम्मान पाउने गर्छन् । ओएसनेपालका लागी काम गर्दै आउनु भएका ज्योतिषी सुराचार्यका अनुसार परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सखी जीवन बिताएका हुन्छन् ।
मेष राशीः यो राशी हुने व्यक्तिहरुको पति पत्नी बिचको सम्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन् । एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अत्याधिक राम्रो हुने गर्छ । यो राशी भएका पुरुषहरु बफादार हुने भएकाले पत्नीसँगको सम्बन्ध पनि राम्रो हुने गर्छ ।सिंह राशीः उक्त राशी भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पुरुषहरु अरु राशी भएका भन्दा जिद्दी र रिसालु स्वभावका हुन्छन् । यो राशी भएका पुरुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुको घर व्यवहार सहज ढंगले चलाउन सक्छन् । कन्या राशीः खुल्ला हृदय भएका यो राशीका पुरुषहरुको प्रेम सम्बन्ध बलियो हुन्छ । उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन् । घरायासी काम बाहेक सामाजिक काममा पनि अग्रसर रहने हुनाले मान र प्रतिष्ठा पाउने गर्छन् ।
Views: 0