मिर्गौला फेर्न प्रधानमन्त्रीलाई अमेरिका अब लगिने

२०७६ मंसिर १, आईतवार १६:५६ गते २०७६ मंसिर १, आईतवार १६:५६ गते २०७६ मंसिर १, आईतवार १६:५६ गते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लगिने भएको छ । दुई महिनाअघि सिङ्गापुरमा प्लाज्माफेरिसिसको माध्यमबाट शरीरको एण्टिबडी नष्ट गरिए पनि कार्यक्षमतामा ह्रास आएपछि प्रत्यारोपण निर्विकल्प बनेको हो । प्रत्यारोपणका लागि प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह अमेरिका पुगेर आइसकेकी छन् । “मिर्गौला प्रत्यारोपणका लागि अमेरिका जाने तयारी भए पनि मिति भने तय भएको छैन,” नेकपाका एक नेताले बाह्रखरीलाई जानकारी दिए ।

सिङ्गापुरबाट फर्किए पनि प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छैन । दुई साताअघि मिर्गौलाले राम्रो कार्य सम्पादन नगर्दा शरीर सुन्निएको थियो । फोक्सोमा समेत पानी जमेको चिकित्सकले बताएका छन्  . ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा तीन पटक डायलासिस गरिएको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्य सन्तुलित राख्न नियमित डायलासिस अथवा प्रत्यारोपण विकल्प बनेको थियो । प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपण नै गर्ने इच्छा देखाएको बालुवाटार स्रोत बताउँछ । “प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपण नै गर्ने इच्छा देखाउनुभएको छ । उहाँले मेडिकल समूहसँग पनि आवश्यक परामर्श गरिसक्नुभएको छ,” स्रोतले भन्यो । प्रधानमन्त्री ओलीको १३ वर्षअघि सन् २००७ मा नयाँ दिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *