सुबास बेल्बासे कार्तिक ३० बुटबल, स्वास्थ्य नै जिवनको मुल आधार भन्ने उदेश्यले २०७६ सालमा बुटवल १४ मा स्थापना भएको स्टार कल्ब अफ बुटबलले मासिक रुपमा हालसम्म विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ। जसमध्ये यो मासिक कार्यक्रम अन्तरगत बुटबल ११ देबिनगर स्थित रहेको नेपाल अपांग आश्रम संस्थामा विभिन्न खरखजना बितरण गरेको छ। उक्त कार्यक्रम मा प्रमुख अतिथिको रुपमा बुटवल उपमहानगरपालिका सिक्षा समिती सदस्य वार्ड न ११ का जनप्रतिनिधि नकुल शाही ठकुरी ले गर्नु भएको थियो। कार्यक्रमको अध्यक्षता कल्बका अध्यक्ष रबिन सुनारले गर्नु भएको थियो। त्यस्तै बिशिस्ट अतिथिमा युवा बिध्यार्थी नेता समाजसेवी ब्याक्ती ,नवयुग युवा कल्बका अध्यक्ष दिपेश नेपाल र लियो कल्ब अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष सन्तोष खरेल रहनु भएको थियो।त्यस्तै कार्यक्रम मा अतिथिको रुपमा नेपाल अपांग आश्रमका अध्यक्ष डोल बहादुर रामदान र एकता युवा कल्बका अध्यक्ष राजकुमार बिश्वकर्मा रहनु भएको थियो।कार्यक्रममा स्वागत मन्तब्य कल्बका कोशादक्ष अबिशेक अधिकारिले गर्नु भएको थियो।कार्यक्रममा मन्तब्य राख्दै नवगुग युवा कल्बका अध्यक्ष दिपेश राज नेपालले विभिन्न कल्ब र Ingo ले सहयोग गर्दै आइरहेको र अब सम्बन्धित निकाय र स्थानिय सरकार ले पनि अब चासो देखाउनु पर्ने मा चासो राख्नु भयो।
लियो कल्ब अफ बुटबल मणिमुकुन्द युथका अध्यक्ष सन्तोस खरेलले यो कल्ब र लियो कल्बको सम्बन्ध भनेको नङ र मासुको जस्तो सम्बन्ध रहेको जानकारी गराउदै अब हुने कार्यक्रममा सहकार्य गरि अघि बढने जानकारी गराउनु भयो।कार्यक्रममा बोल्दै प्रमुख अतिथी शाहिले यो कल्बले यातो प्रसंसनिय काम गरेकोमा धन्यबाद पनि दिदै अब हुने सबै किसिमका समस्या हरु वार्ड बैठकमा संबोधन हुने जानकारी दिनु भयो। अब यो कल्बलाइ चाहिने सक्दो सहयोग वार्ड बाट उपलब्ध गराउने जानकारी समेत गराउनु भयो। कार्यक्रमको समापन कल्बका अध्यक्ष ले गर्नु भयो।
Views: 0