राजधानीमै नक्कली डाक्टर

२०७६ मंसिर ४, बुधबार १४:३० गते २०७६ मंसिर ४, बुधबार १४:३० गते २०७६ मंसिर ४, बुधबार १४:३० गते

काठमाडौं, ४ मंसिर : बुढानीलकण्ठ नगरपालिका–८ सुन्दरबस्तीकी १० वर्षीया कृष्मा खतिवडालाई तीन साताअघि सामान्य ज्वरो आयो। आफन्तले कात्तिक १० गते भंगालमा रहेको अक्सिजन नेसनल मेडिकल पु-याए। त्यहाँ डाक्टरका रुपमा कार्यरत अंगतमणि श्रेष्ठ कृष्मालाई ज्वरोले च्यापेको भन्दै भर्ना गरेर स्लाइन चढाउनुपर्ने बताए। आफन्तले कृष्मालाई मेडिकलमै भर्ना गरे। बाबुआमा वैदेशिक रोजगारमा रहेकाले कृष्मा हजुरबुवालगायत आफन्तसँग बस्थिन्। दुई दिन मेडिकलमा राखेपछि श्रेष्ठले औषधि दिएर उनलाई घर पठाए। छोरी बिरामी भएको थाहा पाएपछि बाबुआमा १६ गते बेलुकी जापानबाट नेपाल फर्किए।

१७ गते दिउँसो फेरि कृष्मालाई ज्वरो बल्झियो। हजुरबुवाले त्यही लगौं भनेपछि पहिलेकै मेडिकल लगे। श्रेष्ठले फेरि पनि भर्ना गरेर स्लाइन दिनुपर्ने दोहो-याए। त्यसपछि उनी त्यहाँ दोस्रोपल्ट भर्ना भइन्। भर्ना भएको भोलिपल्ट श्रेष्ठले बिरामीलाई एउटा एन्टिबायोटिक औषधि खुवाउनुपर्ने आफन्तलाई बताए। डाक्टरले सोधेपछि आफन्तले नाइँ भन्ने कुरो भएन। श्रेष्ठले बिरामीलाई औषधि खुवाए। त्यसको भोलिपल्टदेखि कृष्माले बारम्बार बान्ता गर्न थालिन्। यस्तो देखेर बाबुआमा डराए। श्रेष्ठले बिरामीलाई सास फेर्न गाह्रो भएकाले १० दिनसम्म खुवाउने औषधि लेखिदिए। त्यसपछि उनी दोस्रोपल्ट डिस्चार्ज भइन्। नागरिक दैनिकले खबर छापेकाे छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *