लायन्स कल्ब अफ बुटबल मणिमुकुन्द युथ र लियो कल्ब अफ मणिमुकुन्द युथ बाट नि:शुल्क मधुमेह र रक्तचाप शिबिर सम्पन्न

२०७६ मंसिर ५, बिहीबार १९:३९ गते २०७६ मंसिर ५, बिहीबार १९:३९ गते २०७६ मंसिर ५, बिहीबार १९:३९ गते

सुबास बेल्बासे मंसिर ५ –

बुटबल कम भाग्यमानिलाइ पुर्ण रुपमा सहयोग गर्दै आइरहेका संस्थाहरु लायन्स कल्ब अफ बुटबल मणिमुकुन्द युथ र लियो कल्ब अफ मणिमुकुन्द युथ बाट संयुक्त रुपमा बुटबल उपमहानगरपालिका वार्ड न ११ मा नि:शुल्क मधुमेह र रक्तचाप परिक्षण शिबिर सम्पन्न गरेको छ।कार्यक्रममा वार्ड न ११ का जनप्रतिनिधी वार्ड अध्यक्ष रामचन्द्र क्षेत्रीको प्रमुख आथित्यमा, कल्बका अध्यक्ष लक्षमण कुवरको अध्यक्षतामा भएको थियो।कल्बले यश बर्स निसुल्क रुपमा नगरपालिका भित्र रहेर करिब १६०,००० जनतालाइ मधुमेह परिक्षण गराउने लक्ष राखेको छ। पहिलो पटक ११ न मा सुरु गरिएको यो कार्यक्रम नगरपालिका भित्रका जुनसुकै क्षेत्रमा पनि गर्न सकिने जानकारी अध्यक्ष कुवरले जानकारी दिनु भयो।

यो कार्यक्रमले मानिशमा सुबिधा मात्र नभएर जनतामा मधुमेहको बेफाइदा र नियमित परिक्षण गराउदा हुने स्वास्थलाभको बारेमा सबैमा चेतना जागृत गराउने पनि रहेको छ। साथै यो कार्यक्रमले आज सम्म देशको यो परिस्थितिमा मधुमेह रोगिको कुनै पनि निस्चित तथ्यांक नभएको र तथ्यांक निकाल्न समेत यो कार्यक्रमले सहज हुने बताउनु भयो। वार्ड्मा यो कार्यक्रम संचालन गरिरहदा जनतामा हर्ष र खुसी छाएको र निशुल्क स्वास्थ्यलाभ लिन पाउँदा वार्डबासी लाभान्भित भएका छन।कार्यक्रम बिहान ७ बजेदेखी दिउस १ बजे सम्म संचालन गरिएको थियो। करिब ५०० देखि ७०० जनाले परिक्षण गराएका छन।कार्यक्रममा लियो कल्ब अफ मणिमुकुन्द युथका पदाधिकारिहरुले स्वयम् चेकजाच गरेका छन । कार्यक्रम संयोजक माधब ढकालको संचालनमा सम्पन्न भएको थियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *