काठमाडौं, मंसिर ६ । घटना केहिसमय पहिलेको बताइएको छ । भारतको आन्ध्रप्रदेशस्थिग पोकाकल्लुका एकजना सांसदले गाउँलेमा रहेको भूतको डर हटाउन मसानघाटमा सुतेर देखाएका छन . निम्मला रामा नायडू नाम गरेका उनी मसानघाटमा कुनै एक वा दुई घण्टा नभएर तीन रातसम्म त्यहाँ सुतेका छन् ।
आफुलाई भोट दिएर जिताउने जनता अझै भूत हुन्छ भन्ने अन्धविश्वासमा रहेकाले उक्त भ्रम हटाउन स्वयम् मसानघाटमा सुतेका हुन ।उनको साथमा अन्य कुनै सहयोगी थिए वा थिएनन् कुनै नखुलाईएपनि उनले मसानघाटमै फलामको खाट तथा झुलसहितको ओछ्यान लगाएर तीन रात विताएको भारतीय सञ्चार माध्ययमले लेखेका छन् ।पुरानो मसानघाटलाई नयाँ आधुनिकीकरण विद्युतिय शवदाह गृह बनाउन खोज्दा स्थानियले भूतका डरका कारण निमार्ण कार्यमा लाग्न डराएकाले बाध्य भएर उक्त कदम चाल्नुपरेको सांसदले सञ्चार माध्ययमलाई बताएका छन् ।
उक्त मसानघाट त्यहाँको प्रसिद्व घाटमध्ये पर्दछ । त्यहाँ लासहरु निरन्तर आउने गरेको जनाइएको छ । सांसदले तीन दिनसम्म खानापनि मसानघाटमै खाएका थिए । सांसदले नै मसानघाटमा सतेपछि त्यहाँ मजदूरले काम गर्न तयार भएको समाचारमा उल्लेख य । एजेन्सीको सहयोगमा
Views: 0