प्युठान नेपाल क्रिकेट समर्थक समाज प्यूठानको संयोजकमा जि सि चयन नेपाल किक्रेट समर्थक समाज (ल्ऋक्क्) प्यूठान जिल्ला साखा गठन भएको छ । रिखिराम जिसीको संयोजकत्वमा समन्वय समिति गठन भएको हो । नेपाली क्रिकेटको बिकासमा सहयोग पुराउन र स्थानिय तहहरुमा स्थानिय स्तरको क्रिकेटको आयोजना गर्न दबाब दिनका लागी प्युठान साखा बिस्तार गरिएको संयोजक जिसीले जनाउनु भएको छ ।
साथै जिल्ला स्तरमा क्रिकेट खेललाई बिशेष प्राथमिकता दिन पहल गर्ने समेत बताउनु भएको छ । निस्वार्थ रुपमा क्रिकेट विकासमा भएका अनियमिततालाइ खवरदारी र खेलाडीको मनोबल बढाउने समेत समितिको योजना रहेको छ । सात सदस्यिय समितिमा सहसंयोजक राजेश बुढामगर सदस्यहरुमा शिवराज भुषाल, आरजु केसि, अनिलजंग केसि, गिरबहादुर पछाई र अशोक केसि रहेका छन् । भने सल्लाहकारमा मदन मगर लाई चयन गरिएको छ ।
Views: 0