मिति २०७६/०८/१३ गते, शुक्रबार तिनाउ-५,केराबारी,गिट्टीखानी,पाल्पा स्तिथ, श्री कल्याणी आधारभूत विद्यालयमा विद्यार्थी र अभिभावकलाई लक्षित गरि १ दिने निशुल्क स्वस्थ्य शिविर तथा स्वस्थ्य सम्बन्धी जनचेतना कार्यक्रम तपसिल बमोजिम, आयोजकहरू – स्टुडेन्टस चेरिटेबल सोसाइटी ,नेपाल हेल्थ कोर्प्स,लुम्बिनी मेडिकल कलेज श्री कल्याणी आधारभूत विद्यालय त्यसैगरी मुख्य प्रायोजक को रूपमा Tranquility Spa को साथ र सहयोगमा सम्पन्न भएको छ। स्वस्थ्य जाँचमा लुम्बिनी मेडिकल कलेजका डा.सुरज अघिकारी,डा.हिमाल घिमिरे,डा.स्वस्ती घिमिरे,डा.श्रिजन साखकर्मी,ई.डा पुजन बटाजु,ई.डा बिमल यादव,ई.डा प्रियांका शाह हुनुहुन्थयो भने कार्यक्रमा अन्य स्टुडेन्टस चेरिटेबल सोसाइटी को सदस्यहरूको उपस्थिति रहेको थियो ।

Students Charitable Society(SCS),Nepal Health Corps (NHC) र Lumbini Medical College (LMC) ले संयुक्त आयोजनामा भएको स्वास्थ शिविरमा २०० जना भन्दा बढीलले स्वास्थ लाभ लिएको कार्यक्रम संयोजक नेपाल हेल्थ कोर्प्स तर्फबाट नताशा ढकाल र स्टुडेन्टस चेरिटेबल सोसाइटीको तर्फबाट सुरज काफ्ले जनाउनु भएको छ। तिनाउ गाउपालिका का अध्क्षय एवंम कार्यक्रमका प्रमुख अतिथि ओम बाहादुर धर्ति ज्यु ले यस्था कार्यक्रमले सबैलाई फाईदा पुग्ने र आउंदा दिनमा पनि नियमित स्वास्थ जाँच गर्नु पर्न बताउदै औपचारिक कार्यक्रमको समापन गर्नु भएको थियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *