सुवास बेल्बासे मंसिर १६ बुटबल कालापानी लिपुलेक र लिम्पियाधुरा हाम्रो हो हाम्ले फिर्ता पाउनु पर्छ भन्दै भारतिय बिस्तारबाद मुर्दाबाद सहितको ब्यानर लगाएर हस्ताक्षर संकलन गरेको छ। अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष लेखनाथ खनाल र रुपेश पौडेल लगाएतका कमिटिहरु को उपस्थितिमा हस्ताक्षर अभियान सुरु गरिएको हो । अभियानमा क्याम्पसमा अध्यापन गराउने सिक्षक सिक्षिका कर्मचारी लगाएत सम्पुर्ण बिधार्थि सहभागी भएका थिए।उक्त संकलन हस्ताक्षर मुख्यमन्त्री संखर पोख्रेललाई बुझाइ मुख्यमन्त्री मार्फत प्रधानमन्त्री के पि शर्मा ओलि लाई बुझाउने क्याम्पस कमिटी अध्यक्ष शिबलाल बेल्बासेले जानकारी दिनु भयो। हाम्रो पुर्खाले अर्जेको हाम्रो यो सानो सुनको टुक्रा जस्तो देशमा गिद्दे नजर लगाउने भारत बिरुद्द अनेरास्यवियु सधै डटेर जाइलाग्ने क्रान्तिकारी क्याम्पस कमिटी अध्यक्ष काशिराम आचार्य र पदाधिकारि समीर अधिकारिले बताउनु भयो।
भारतको अगाडि हामी वीर गोर्खालिका सन्तान भएर कहिले पनि नझुक्ने र पछि नहट्ने आइपरेको खन्डमा जस्तो सुकै अवस्थामा पनि सिद्धार्थ क्याम्पस कमिटी जाइलाग्न तयार भएको अध्यक्ष शिबलाल बेल्बासेले जानकारी गराउनु भयो।
Views: 0