सुबास बेल्बासे मंसिर १८ बुटबल नेपाल विद्यार्थी संघ रुपन्देहिले भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भुमि कालापानी, लिपुलेक, लिम्पियाधुराको पक्षमा जनदबाबका लागि भारत सरकार विरुद्ध आज बुटबलको मिलनचोकमा चक्का जाम गरेको छ रुपन्देहिका बिभिन्न क्याम्पसबाट सहभागी भएर आएका बिद्यार्थीहरु चक्का जाममा सहभागी भएका थिए । ९ बजे देखि सुरु भएको चक्का जाम करिव एक घण्टा सम्म चलेको थियो
नेपाल सरकाले भारतले सार्वजनिक गरेको नक्सा तत्काल सच्चायाउन नेपाल सरकारलाइ आग्रह गरेको छन । कार्यक्रमाम नेपाल बिद्यार्थी संघ रुपन्देहि नेता छाया पोखे्रल , नेपाल बिद्यार्थी संघ सिद्धार्थ क्याम्पस इकाइ सभापति महेश पौडयल , लूम्वीनि बाणिज्य क्याम्पस इकाइ सभापति सुरज क्षेत्रि लगायले प्रत्येक क्याम्पसबाट आन्दोलनको नेतृत्व गरेका थिए । भारत सरकाले नक्सा नसच्यादा सम्म आन्दोलन का कार्यक्रमहरु निरन्तर गरि रहने नेपाल विद्यार्थीसंघ सिद्धार्थ क्याम्पसका सभापति महेश पौडलले जानकारी दिए
Views: 0