प्रदेशी छोराको शन्देश

२०७६ मंसिर १८, बुधबार १९:०० गते २०७६ मंसिर १८, बुधबार १९:०० गते २०७६ मंसिर १८, बुधबार १९:०० गते

आरती सुवेदी मंशिर १८ चितबन आमा तिमीलाई साह्रै दुःख भयो अझै कति दुःख गर्छेऊ ? पल्ला घरको रामे बबिदेशी गएर कति पैसा कमाएको छ काकीलाई सुख दिएको छ । अब त म पनी बिदेश जान्छु आमा धेरै पैसा कमाउँछु अनी तिमीलाई सुख खुसी दिन्छु आमा भन्दा ….  तिमी सधै रूदै भन्ने गर्थेऊ नी छोरा आफ्नो जस्तो हुदैन पराइको ठाउँ अनी पराइको मन तिमीले दुःख पाएको देख्दा मेरो जस्तो दुख्दैन पराइको मन मलाई त तिमी सधै मेरो साथमा बसेर तिमी सधै मुस्कुराई दिए पुग्छ छोरा मेरो तिम्रो साथ र मुस्कान भन्दा ठुलो सुख र खुसी अरू केही छैन बाबु भन्थ्यौ आमा …..तर आमा मैले तिमीले भनेको मानिन तिम्रो त्यो दुःख देख्न सकिन र तिमीलाई सुख र खुसी दिने आशा गरेर मिठो सपना देखेर ॠण खोजेर आफ्नो जन्मभूमि र तिमीलाई छोडेर प्रदेशी बने आमा ….तर यो मरुभूमिमा मैले सोचे जस्तो केही अनि कहिल्यै भएन आमा …..भाग्यमा पनि खै के लेखिदिएको रहेछ भाविल सधै चोट माथि चोट दियो जिन्दगीले पनि तिमीलाई सुख र खुसी दिनुको साटो अझै बढी पिडा दिन पुगे आमा तिम्रो ओठमा मुस्कान फुलाउँछु भन्थे तर आँखामा आँसुआँसुको मुल फुटाउन पुगे आमा ………

पराइको ठाउँ, पराइको भाषा, पराइको नियम कानुन विना अपराध पनि सजायको भागिदार बन्नु पर्दो रहेछ आमा विना गल्ती पनि आरोप लगाउँदा रहेछन् अनि सजाय भोग्नुपर्दो रहेछ आमा मान्छे मारेको आरोपमा म समातिए र जेलमा थुनिए आमा …….
मेरो सपना, मेरो जिन्दगी, तिम्रो बुढेसकालको साहारा, आशा, भरोसा तिम्रो खुसी सबै सबै यही बिरानो मुलुकको जेलमा थुनिए आमा ….आमा म निर्दोष छु मैले अपराध गरेको होइन आमा तर यहाँ कसैले पनि मेरो कुरा सुन्दैनन् आमा ….तिमी सधै भन्थ्यौ नि पराइको ठाउँ पराइको मन आफन्तको जस्तो केही गरि हुदैन भनेर साच्चै हो रहिछ आमा   पराइको मन त ढुंगाको हुदोरहेछ प्रदेशमा त निर्दोषले सजाय भोग्नुपर्दो रहेछ आमा यहाँ म जस्तै कैयौ नेपाली बिना गल्ती अपराधको अभियोगमा पक्राउ परेका छन् अनि सजाय भोग्न बाध्य छन् । गल्ती र अपराध एउटाले गर्छ तर त्यसको आरोप एउटा सोझो नेपालीलाई लाग्छ आमा ……कैयौ नेपाली दाजुभाइ दिदिबहीनीहरू यहाँ म जस्तै घर परिवारको दुख पिडा देख्न नसकेर परिवारमा सुख र खुसी भर्ने रङ्गिन सपनाहरू सजाएर आएका हुन्छन् तर ति सबै सपनाहरू यही बिरानो मुलुकमा डढेलोले खाएको छ ।

कति को जीवित घर फर्किन पाउँछु कि भन्ने आशा पलाएको छ त कति को त त्यही आश पनि मरिसकेको छ आमा …….
आमा हरेक नेपाली दाजुभाइ दिदिबहीनीहरू लाई यही भनिदिनु बरू दुख गरेर खानु दिन रात पसिना बगाउन तर आफ्नै जन्मभूमिमा रमाउनु पर्देशी हुने सपना नदेख्नु प्रदेशमा पैसा बोट हुदैन प्रदेशमा त एक्लो पन, चोट, पिडा र दुःखहरू मात्र हुने गर्छ भनेर। लेखक आरु सुबेदी हुन।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *