समिर नेपाल/९ पौष – काठमाडौँ । मिस रतुवामाई २०१९ को पहिलो उपाधि निश्मा श्रेष्ठले जितेकी छिन् । फाइनल प्रवेश गरेका आफ्ना १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले पहिलो मिस रतुवामाई २०१९ को उपाधि जित्न सफल भएकी छिन् ।
निश्मा लाई मिस रतुवामाईको ताज मिस उर्लाबारी विजेता रूसानी केसीले लगाइ दिएकी थिइन् भने नगरप्रमुख रविन राईले पुरस्कार स्वरूप पचास हजारको चेक हस्तान्तरण गरेका थिए ।
बिजेता श्रेष्ठलाई नगद पुरस्कार संगै आइजोन इन्टरनेटको तर्फबाट एक वर्षका लागि निशुल्क इन्टरनेट सेवा र पोखरा भ्रमण गर्ने अवसर समेत प्राप्त गरेकी छिन्। त्यस्तै दोस्रो रनरअप रेश्मा श्रेष्ठले नगद रू ३० हजार प्राप्त गरेकी छिन् भने प्रतियोगिताको अन्तिम तेस्रो रनरअप रेसु कालिकोटेले रू २० हजार प्राप्त गरेकी छिन् ।
आयोजित प्रतियोगितामा विभिन्न सात बिधामा पुरस्कार बितरण गरिएको थियो। मिस अनुशासित बाट रेसु कालिकोटे, मिस पब्लिक च्वाइस बाट रेश्मा श्रेष्ठ , मिस क्याटवाल्क बाट दुर्गा बस्नेत ,मिस ट्यालेन्ट बाट सुनिता थापा , मिस प्रसनालिटी बाट निश्मा श्रेष्ठ जित्न सफल भएका थिए।
कार्यक्रममा नविन लुइटेल, डा सन्दिप अधिकारी, नविन श्रेष्ट, सायरा राई, सृजना क्षेत्री र ज्ञानेन्द्र सुनुवार प्रतियोगिताको अन्तिम निर्णायकको भुमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा रतुवामाई नगरपालिकाका प्रमुख- उप प्रमुख लगाएत विभिन्न वडाका वडाध्यक्षहरू, सामाजिक व्यक्तित्व, पत्रकार, संघ सस्थाका प्रतिनीधिहरू र सयौ दर्शकहरूका माझ प्रतियोगिता सम्पन्न भएको थियो।
आफुले सोचेको भन्दा पनि भव्य र सफलरुपमा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक अनिश कार्कीले बताए । प्रतियोगिताको सम्पूर्ण पोशाक डिजाइन सेन्ट्रल फेसन हब उर्लाबारीका बिद्यार्थी प्रमिला श्रेष्ठ, लिजा श्रेष्ठ, अन्जना तामांग, आश्मा धिमाल, सावित्रा अधिकारी र सोमश्री घोसले गरेका थिए ।
प्रतियोगिताको फाइनल राउन्डमा मुख्य प्रायोजकको रूपमा राष्ट्रनिर्माण सेकेण्डरी बार्डिङ्ग स्कुल रहेको थियो। सेन्ट्रल फेसन हब उर्लाबारीको व्यवस्थापन र आयोजनामा कार्तिक २३ बाट सुरु भएको यो प्रतियोगिताको संयोजकत्व अनिश कार्कीले गरेका थिए ।
Views: 0