फर्निचर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

२०७६ पुष ११, शुक्रबार १२:३७ गते २०७६ पुष ११, शुक्रबार १२:३७ गते २०७६ पुष ११, शुक्रबार १२:३७ गते

चरीकोट, ११ पुस : दोलखाको शैलुङ गाउँपालिका वडा नं ३ लाम्चेआहालमा जीवन श्रेष्ठले सञ्चालन गरेको फर्निचर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । गए राति भएको आगलागीमा उद्योगमा रहेको ठूलो चिरान उपकरण, जेनेरेटर, ८०० क्युफिट सल्ला तथा उत्तिसको तयारी गोलिया काठ र अन्य विद्युतीय सामान जलेर नष्ट भएको प्रहरी निरीक्षक सुञ्जीत तामाङले जानकारी दिए ।

प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो निभाइएको थियो । राति उद्योगमा विद्युत् प्रवाह भई आगलागी भएको हुन सक्ने वताइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *