नेपालीको निजि शिक्षा क्षेत्रको हस्पिटलिटि व्यवस्थापन शिक्षामा फरक पहिचान बनाउन सफल ग्लोबल कलेजले ट्रेनिङ प्रयोगशाला संचालनमा ल्याएको छ । जनवरी पाँच तारिखको दिन बाट ट्रेनिङ प्रयोगशाला संचालनमा ल्याइएको छ । रास्ट्र बैकका पुर्व गभर्नर डा.तिलक रावलको प्रमुख आतिथ्यता आयोजित उद्घाटन कार्यक्रममा डा.करण सिंह ठगुना ,डा.गङ्गाधर दाहाल एवम् ग्लोबल संचालकहरु का समहले सामुहिक रुपमा ट्रेनिङ प्रयोगमाशालाको समुउद्घाटन गर्नु भएको थियो ।
सोही अवसरमा कार्यलयको अनावरण तथा वेबसाईट,सोसल साइट,ब्रोसरको संयुक्त रुपमा एकैसाथ प्रकाशित एवम् संचालन गरिएको थियो । नेपाली शिक्षा क्षेत्रमा पहिलो प्रयोगको रुपमा अष्ट्रेलियाको शिक्षालाई आधुनिक स्तरमा नेपालमै दिने उदेश्यका साथ अष्ट्रेलियन कुलेनरी सीपमुलक शिक्षा ल्याइएको छ। कार्यक्रममा डा.करण सिंह ठगुनाले नेपालमा रहेको बेरोजगारीको समस्यालाई ग्लोबल ग्रुपको यो कुलेनरी सीपमुलक शिक्षाले समाधान गर्न सहयोग गर्ने बिश्वास लिएको र नयाँ भर्ना औपचारिक रुपमै खुलीसकेको समेत जानकारी गराएका थिए ।
Views: 0