काठमाण्डौ। सुनको भाउ निरन्तर वृद्धि हुँदै गईरहेको छ। आज साताको दोश्रो दिन सोमबार सुनको भाउ पुन बढ्न गई एतिहासिक रेकर्ड राखेको छ। आज ५ सयले बढेर सुन प्रतितोला ७६ हजारमा कारोबार भईरहेको छ। गत हप्ता शुक्रबार देखि नै सुनको भाउ उकालो लागेको थियो।
गत शुक्रबार १ हजारले बढ्न गई प्रतितोला सुन ७४ हजार ५ सयमा कारोबार भएको थियो भने हिजो आइतबार पुन १ हजारले बढेर ७५ हजार ५ सयमा कारोबार भएको थियो। ।त्यस्तै, सुनसँगै चाँदीको भाउ पनि ह्वातै बढेको छ। आज २० रुपैयाँले बढेर प्रतितोला ९ सय २०मा कारोबार भईरहेको छ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0