पाेखरीमा डुबेको अवस्थामा शव फेला

२०७६ पुष २४, बिहीबार १९:२९ गते २०७६ पुष २४, बिहीबार १९:२९ गते २०७६ पुष २४, बिहीबार १९:२९ गते

धीरज काेरी/कपिलवस्तु,२४ पुष/महाराजगंज कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिका -४ काे राजपुर पाेखरीमा पुरुष शव फेला परेको छ।

हुलाकी राजमार्ग नजिकै रहेको पाेखरीमा शव डुबेको अवस्थामा फेला परेको छ। अन्दाजी करिब ३० बर्षको गहुँगोरो वर्णको खैरो ज्याकेट,निलो चेक सर्ट,कालो पाइन्ट लगाएको पुरुषको शब पानीमा डुबेको अवस्थामा फेला परेको हो।

शव डुबेको अवस्थामा देखेपछि राजपुरका स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शब नजिकै लु ४ प ९६९९ नम्बरको मोटरसाइकल समेत पाइएको ईलाका प्रहरी कार्यालय महाराजगन्जका प्रहरी नायब निरीक्षक अशोक कुमार श्रीवस्तवले जानकारी दिनु भयो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *