समिर नेपाल/राेजगारकाे शिलशिलामा प्रदेशिएका विवाहित पुरुष र महिलाकाे कथा समेटिएकाे उक्त म्युजिक भिडियाेलाई तामाङ्ग कलाकार संघले बजारमा ल्याएकाे हाे ।
गायक निमा दोङ र गायिका जितु लोप्चनकाे स्वर रहेकाे उक्त म्युजिक भिडियाे शनिबार राजधानिमा एक कार्यक्रमका विच सार्वजनिक गरिएकाे हाे । म्युजिक भिडियाेमा तामाङ चलचित्रमा नायिकाका रूपमा पहिचान कमाउन सफल नायिका राेश्नी ब्लाेन र फूर्व दोर्जे मोक्तानकाे राेमान्स देखाईएकाे छ भने हाँस्यकलाकार कुईसाङ रुम्बाकाे पनि अभिनय रहेको छ ।
गितमार्फत विदेशमा रहदा नेपाली विवाहित नारीले के-कस्ताे समस्या व्यहाेर्नु पर्छ भन्ने वास्तविकता देखाईएकाे छ । गित तामाङ् भाषाकाे भएपनी विदेशिएका विवाहित सबै आम नेपालीकाे सत्य कहानी समेटिएकाले सबैकाे माया पाउनेमा आफु विश्वस्त रहेकाे निर्देशक अमिर दोङले दावी गरे ।
Views: 0