नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड भव्य तथा सभ्य रुपमा संपन्न

२०७६ माघ ११, शनिबार ०९:४५ गते २०७६ माघ ११, शनिबार ०९:४५ गते २०७६ माघ ११, शनिबार ०९:४५ गते

समिर नेपाल/काठमाडौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विहान १२ः३० बजेवाट फरक ढंग तथा फरक शैलीवाट शुरु भएको हो। संसार क्रियसन्सका कार्यकारी प्रमुख बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जनको आयोजनामा भव्य तथा सभ्य कार्यक्रम भएको थियो। जसमा नेपाल सरकारका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरको प्रमुख आतिथ्यता रहेको थियो। मेयर चिरिबाबु महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन लगायतको विशेष आतिथ्यता पनि रहेको छ।

नेपालभाषा संगीत क्षेत्रका मूर्धन्य संगीतकार अमरराज शर्मा राजोपाध्यायलाई नगद २५ हजार सहितको लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।

नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधर,नेपालभाषा चलचित्रका प्रथम नायक जय श्रेष्ठ,नायिका हिसिला महर्जन,अग्रज गायक जुजुकाजी रंजित र बरिष्ठ मेकअप आर्टिष्ट सनमकुमार श्रेष्ठलाई प्रदान गरिएको छ। संसार मल्टिप्रपोज सम्मान नेपालभाषाका संचारकर्मी ललेन्द्र शाक्यलाई प्रदान गरिएको छ।
फेसवुक प्रोफ्राइल पिक्चर्स टेम्प्लेट फ्रेम कम्पिटिसनमा सर्वाधिक भ्यूअर्स पाउने राजु महर्जन र सरिता बज्राचार्यलाई पनि विशेष सम्मान दिइएको छ।
विविध सांगीतिक प्रस्तुतिकासाथ भव्य रुपमा बृहत अवार्डको नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डमा ख्यातिप्राप्त नृत्य निर्देशक भुवन श्रेष्ठ, हङकङमा रहेका नेपाली उस्ताद कृष्णभक्त महर्जन, हङकङमा नै रहेकी नेपाली छोरी सोनम महर्जन, नंबरी नायिका आराध्यलक्ष्मी खड्गी, शोभा महर्जन, अशिष्मा नकर्मी, सुपरस्टार हिरो रुपेन्द्र श्रेष्ठ, राजीव किपु, संगीत संयोजक हरिशरण सायमी लगायतलाई ४२ विधामा अवार्ड प्रदान गरिएको थियो।
कार्यक्रमको संचालन सशक्त संचारकर्मी विराजकाजी राजोपाध्याय र प्रमिला मानन्धरले गरेका थिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *