सुपरहिट चलचित्र ‘कबड्डी कबड्डी कबड्डी`सामाजिक संजालमा जताततै भाइरल !

२०७६ माघ १५, बुधबार २१:२० गते २०७६ माघ १५, बुधबार २१:२० गते २०७६ माघ १५, बुधबार २१:२० गते

काठमाडौं माघ १५ – चलचित्र ‘कबड्डी कबड्डी कबड्डी` युटुवमा रिलिज नहुँदै पाइरेसिको सिकार भएको छ । चलचित्र अहिले सामाजिक संजालमा भाइरल छ ।
https://www.facebook.com/Bhupendrq/videos/514097262550332/?t=6
रामबाबु गुरुङको निर्देशनमा बनेको यो चलचित्र यहीँ बर्षको असोजमा ३मा रिलिज भएको थियो।रिलिजको चार महिनामै चलचित्र ‘कबड्डी कबड्डी कबड्डी`पाइरेसिको सिकार भएको हो। चलचित्र कसले कहाँ बाट लिक गर्यो भन्ने जानकारी प्राप्त भैसकेको छैन । दयाहाङ राई र उपषाना सिंह ठुकुरिको मुख्य भुमिका रहेको यो चलचित्रमा नायक कर्मा, कलाकार विल्सन विक्रम राई, वुद्दि तामाङ, बिजय बराल लगायतलाई देख्न सकिन्छ । सिनेमा आर्ट प्रालिको प्रस्तुतिमा बासुरी फिल्मस्को निर्माण तथा माउन्टेन स्टोरिजको सहकार्यमा यो चलचित्र निर्माण भएको हो ।

रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेको कथामा मणिराम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियारले लगानी गरेका छन् । चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलको सम्पादन छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *