गोठाटारको मनहरामा जयलक्ष्मी मिश्रति कृषि अर्गानिक उत्पादनको पसल संचालनमा

२०७६ माघ १६, बिहीबार १५:३२ गते २०७६ माघ १६, बिहीबार १५:३२ गते २०७६ माघ १६, बिहीबार १५:३२ गते

काठमाडौ १६, माघ
जयलक्ष्मी मिश्रित कृषि अर्गानिक पसल मनहरा ८ गोठाटार को कृषि उपज वजार स्थल परिसरमा किटनाशक र रसायनिक रहित परम्परागत गत पुख्र्यौली शैलीमा आधारित खेतीबारी बाट उत्पादन भएको हिमाली पहाडी उच्च पहाडी भेगमा उत्पादन अर्गानिक उत्पादनको बिक्रीवितरण केन्द्रको औपचारिक उद्घाटन गरिएको छ। रास्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठले सो स्टलको उद्घाटन गरेका थिए।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा डा. केके राई रहेका थिए भने,अतिथिहरु कृषि एवम् सामाजिक अभियानता शिव अधिकारी,कृषिविद पुर्व उपसचिव पुस्पराज शाही,रसुवागढि व्यापार संघ का अध्यक्ष कामी नुर्फु तामाङ,धर्म श्रेष्ठ,प्रेम राई, रामलाल श्रेष्ठ लगाएत विभिन्न विशिष्ट व्यक्तित्व समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रम मा बोल्दै प्रमुख अतिथि रास्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले जयलक्ष्मी मिश्रित कृषि अर्गानिक पसल जस्ता पसल र समुहहरु हरेक गाउँ र हरेक ठाँउमा खुल्न जरुरी छ । आज यो सानो व्यवसाय भए पनि भोलीको दिनमा यो बिसाल व्यवसायको रुपमा फस्टाउने छ ।हाम्रो देश कृषिप्रधान देश हो यहाँ ६४% व्यक्ति कृषिक्षेत्रमै परनिर्भर छौ। कृषि खानेकुरा मात्र होईन यो हाम्रो समाजको सभ्यता हो । हाम्रो सभ्यताको बिकास कृषि बाटै भएको हो ।आज राज्यका धेरै जमिन बाझो छन् राज्य कृषिप्रधानको नारा लगाए पनि सोचे जस्तो कृषि क्षेत्रमा लगानी गर्न सकेको छैन र यो कृषिमा सरकारले लगानी गर्न जरुरी रहेको जोड दिएका थिए।

कृषि एवम् सामाजिक अभियानता शिव अधिकारले मन्तव्य राख्दै कृषिप्रधान देशमा कृषकको अभाव छैन आज जयलक्ष्मी मिश्रित कृषि अर्गानिक पसल जस्ता सयौं हजारौं पसल खुल्न जरुरी छ। पुर्व उपसचीव बजार विज्ञ तथा ओक्रा ल्यान्ड निर्देशन समितिका संयोजक पुष्पराज साहीले ओक्रा ल्यान्ड विजिनेस प्रालिको महत्त्व बारे प्रकाश पार्नु भएको थियो साथै अर्गानिक उत्पादनकोको बजारीकरणको लागि कृषक द्वारा उतपादित अर्गानिक वस्तुहरुको यस किसिमको बिक्री केन्द्र बाट कृषकहरु लाई सहजरुपले बजार उपलब्ध हुने र यसैगरी अन्य स्थानमा पनि अर्गानिक उत्पादनको कक्ष राख्दै जाने कुरा राखेका थिए ।

कार्यक्रमको सम्मापनमा बोल्दै सञ्चालक एवम् जयलक्ष्मी मिश्रित कृषि अर्गानिक पसलका अध्यक्ष जयकला बस्नेत का अनुसार किसानलाई प्रोत्साहित गर्न तथा होटल, रेष्टुरेन्ट, रिसोर्ट र घरभान्सामा अर्गानिक परिकार प्रयोग गराउने उद्देश्यले स्टल राखिन लागेको हो । स्टलमा बेकरीमा परिकारहरु, विभिन्न तरकारी, हरियो सागपात, फलफूल जुस, डेरीका परिकार, नेपाली कफि, हुम्लाको सिमीको दाल,नेपाली ढाकाका पहिरनहरु,मुलाको सिन्की,गुन्द्रुक, मार्सी चामल, लोकल अन्डा, विभिन्न नेपाली अचारहरु, सिस्नो पाउडर, हिमाली जडिबुटीहरु, जिम्बु, जौका, टिमुर, सातु, मह, कोदोको पिठो, फापरको पिठो, मैकको पिठो, ग्रीन टी, हर्बल टी लगायतका नेपाली भान्सामा प्रयोग हुने वस्तुहरुका साथै फूलसहितको गमला सुपथ मूल्यमा बिक्री गरिने कुरा जानकारी गराएका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *