गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले पर्यटन मेला आयोजना गर्दै !

२०७६ माघ १७, शुक्रबार ११:०४ गते २०७६ माघ १७, शुक्रबार ११:०४ गते २०७६ माघ १७, शुक्रबार ११:०४ गते

समिर नेपाल/काठमाडौं१७ माघ गन्तव्य – नेपाल ईभेन्ट म्यानेजमेन्टले यही फागुन फागुन ९ र १० गते तदनुसार (फेब्रुअरी २१ र २२) तारिकका दिन आयोजना हुने दोस्रो आन्तरीक पर्यटन मेला(डोमेस्टीक टूरीजम मार्ट– (डीटीएम) को आन्तरीक तयारीलाई आक्रमक रुपमा अघि बढाएको छ ।
पहिला देश अनि बिदेश भन्ने मुल नाराका साथ मेलालाई भव्य र सब्य बनाउन तयारीलाई तिब्रता दिईएको हो । भृकुटी मण्डप प्रदर्शनी हल सहितको चौरमा आयोजना हुने मेलाका लागि हालसम्म ६८ वटा स्टल बुकिङ सम्पन्न भईसकेको आयोजकले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको मेलामा ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्य, पर्यटकीय गतिविधिहरुको प्रदर्शन गरिने छ । जसको एकमात्र उदेश्य नेपाल भ्रमण बर्ष सफल पार्न एकैथलोबाट देश चिनाउने र लुकेर रहेका पर्यटकीय गन्तव्यहरुको उजागर गर्नुका साथै पर्यटन व्यावसायीहरुमा सकारात्मक उर्जा प्रदान गर्नु रहेको अध्यक्ष शिव अधिकारी अबिरलले बताए । उनले डीटीएम पर्यटन प्रवद्र्धनको संबाहक भएको समेत बताए । मेला संयोजक माधवप्रकाश सुवेदीले अघिल्लो वर्ष आयोजना गरिएको पहिलो डीटीएम भव्य रुपमा सफल भएको र दोस्रो मेला अझ व्यवस्थित रुपमा सञ्चालन गर्नेगरी तयारी गरिएको जानकारी दिनुभयो ।
मेलालाई सफल बनाउनको लागि डीटीएम सल्लाहकार समिती, गुडवील एम्बेसडर, ब्राण्ड एम्बेसडर, डीटीएम प्रदेश संयोजक, डीटीएम कानुनी सल्लाहकार कमिटी, प्रचारप्रसार संयोजक, डीटीएम मिडिया संयोजक, डीटीएम अन्तर्राष्ट्रिय बिभाग प्रमुख लगायतका बिभागहरु गठन गरिसकिएको आयोजकले जनाएको छ । मेलामा ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्य तथा व्यावसायिक स्टलहरु, हस्तकलाका सामाग्री, र्याफ्टिङ, बन्जिजम्प, जिपफ्लायर, केबलकार, टूरीजम शैक्षिक कलेज, पर्यटक यातायात, देश बिदेशको भ्रमण, आकाशबाट धर्ती हेर्ने प्याराग्लाईडिङ, काठमाण्डौ मोफसलका होटल तथा रेष्टुरेन्ट, ७ वटै प्रदेशको बिभिन्न स्वादका परिकार, होमस्टे, सञ्चार लगायतको एकै ठाँउबाट अवलोकन गर्न सकिने र प्याकेजको व्यवस्था रहेको छ । राष्ट्रिय कला संस्कृतिको प्रदर्शनी, बिभिन्न जातजातिको संस्कृति झल्कने तथा राष्ट्रिय पहिचान दिन खालका झाँकी को नृत्य प्रस्तुति रहनेछ भने राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको लोकदोहोरी गीत सहितको सास्कृतिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *