नक्कली बैंकखाता खोली अनलाइन सपिङको नाममा ठगी गर्ने गिरोह पक्राउ ।

२०७६ माघ १७, शुक्रबार १७:०८ गते २०७६ माघ १७, शुक्रबार १७:०८ गते २०७६ माघ १७, शुक्रबार १७:०८ गते

विराटनगर १७ माघ,। अनलाइन सपिङको नाममा ठगी गर्ने गिरोहले नागरिकताको फोटोकपी कै भरमा नक्कली बैंकखाता खोलेको भेटिएको छ । ६७ लाख ९९ हजार ७५० रुपैयाँसहित पक्राउ परेका आठ जनाले फोटोकपी कै भरमा ७८ वटा बैंक खाता खोलेको पाइएको प्रहरीले जनाएको छ । यसरी खाता खोल्दा महिला बढी प्रयोग भएका छन् ।

खाता खोल्दा एउटा महिलाको फोटो २२ वटा खातामा प्रयोग गरिएको छ । फोटो एउटै भेटिए पनि खातावालाको नाम भने फरक फरक राखिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार प्रकाउ परेकाहरुले नाम चलेका सबै बैंकहरुमा खाता खोलेको पाइएको छ । ठग गिरोहले अनलाइन अर्डर गर्ने ग्राहकहरुलाई सामान पठाउन अघि त्यस्ता खातामा पैसा जम्मा गर्न लगाउथ्यो । यस्ता खाता केहीमहिना पैसा पठाउन र निकाल्न प्रयोग भएपछि बन्द हुँदै आएका थिए ।

यो अनलाइन ठगीमा खोटाङको जन्तेढुंगा गाउँपालिका- ४ का २२ वर्षीय शिवजी खड्का, २० वषिर्य देवी चौलागाई, मोरङ सुन्दर-हरैचा नगरपालिका- ३ का विशाल अर्याल भनिने निरन्जनप्रसाद आचार्य, धरान उपमहानगरपालिका-२०, विष्णुपादुकाका २० वर्षीय भावना राई, सोही स्थानकी १९ वषिर्या सरिता परियार, २० वर्षीय वर्षा कार्की, २३ वर्षीय सानु गौतम र २१ वर्षीय लक्ष्मी कार्की पक्राउ परेका छन् ।

प्रहरीका अनुसार निरञ्जनप्रसाद आचार्य यो गिरोहका नाइके हुन् । उनले आफ्नो फोटो र अरुको नाम राखेर ११ वटा बैंकखाता खोलेका छन् । त्यस्तै, वर्षा कार्कीले १४, लक्ष्मी कार्कीले १३, सानु गौतमले २२ वटा बैंक खाता खोलेका पाइएको छ ।

बैंकहरुले सक्कली परिचय पत्र विना खाता खोल्न मान्दैनन् । तर यो गिरोहले फोटोकपीको भरमा सहजै खाता खोलेको देखिएको प्रहरी बताउँछ । ‘धेरै खाता एनआइसी एसिया बैंकमा खोलिएको रहेछ’, एसपि अधिकारी भन्छन्, ‘एनआइसीमा खाता खोल्नेले कमिसन पनि पाउदा रहेछन् ।’

उनका अनुसार पक्राउ परेका युवतीहरुले एनआईसी एसिया बैंकमा एउटा खाता खोल्दा तीन हजार रुपैयाँ कमिसन पाएका थिए । खोलेका खाताको चेकबुक भने निरञ्जन आचार्यले राख्ने गरेका थए । प्रहरीले उनीबाट एनआईसी एसियाका १३ वटा चेकबुक जफत गरेको छ ।

ग्राहक संख्या बढाउने अभियानमा रहेका बैंकहरुको कमजोरी देखिएकोले खाता खोल्ने पद्धती र जाँच गर्ने आधारबारे जानकारी गराउन पत्र पठाइएको एसपी अधिकारीले बताए ।

स्रोत:OnlineKhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *