डिएन घिसिङ – मानिसमा हुने ‘इगो’लाई कसैले आघात पुर्यायो भने त्यसबाट उत्पन्न हुने आवेगको प्रतिक्रिया लाई रिस भनिन्छ। रिस अर्थात क्रोध भनेको प्राकृतिक रूपले उत्पन्न हुने एक आवेग र हरेक व्यक्तिले समय समयमा अनुभूत गर्ने एक प्रकारको भावना होखेलकुदमा प्रशिक्षण वा प्रतियोगिताको दौडानमा चाहेको कुरा नपाउँदा,हानी नोक्सानी पुर्याउने खालको व्यवहार गर्दा,मनोबैज्ञानिक शारीरिक,सामाजिक वा आर्थिक जुनसुकै पक्षमा खेलाडीलाई चित्त नबुझ्दो व्यवहार कसैले गर्यो भने भावनामा चोट पर्छ, चोट परेको जुन प्रतिक्रिया हो त्यो रिस हुन आउँछ। खेलकुदमा समय ,परिस्थिति र गतिविधि अनुसार भावनाहरु विभिन्न किसिम र विभिन्न स्तरमा प्राकृतिक तरिकाले आइरहेका हुन्छन।खेलाडीले भावनात्मक अवस्थालाई दिमागले निरन्तर संचालन गरीरहेका समयमा असन्तुलन हुँदा आवेगको रुपमा रिस प्रस्फुटन हुने गर्दछ। जुनसुकै परिस्थितिमा अविवेकी अपनाउने हुँदा फाइदा भन्दा घाटा नै बेहोर्नु पर्ने हुन्छ।रिसको दुई भाग हुन्छ एउटा असन्तुष्टि र अर्को अस्वस्थताको रूपमा देखा पर्दछ।
१) असन्तुष्टिमा खेलाडीले रिसको आबेग देखाउने गर्दछ।खेलको परिणाम वा तयारी पुर्ब खेल गतिविधिहरु अनुकुलतामा नरहने स्थितिमा यी खाले दृश्य देख्न सकिन्छ।सोचाई र परिस्थिति अनुकुलता नहुदा रिस पैदा हुने गर्दछ।रोचक कुरा त के हो भने असफलताको संदेशकोरुपमा समेत लिन सकिन्छ।गिज्याएको,होच्याएको,खसालेको,हतोत्साही बनाएको महसुस हुँदा,अन्यायमा पर्दा,आर्थिक समस्या पर्दा,असफल हुँदा,समस्या निदानको कुनै उपाय नभेटाउँदा मान्छेलाई असन्तुष्टिको आक्रान्त बनेपछि रिस उठ्छ ।
२) अस्वस्थतामा रिसको आवेग देख्न सकिन्छ।शारीरिक वा मानसिक अस्वस्थका कारण खेलगतिविधिमा सामेल हुँदा वा प्राप्त नतिजाको कारण पनि रिस पैदा हुने गर्दछ।रिस पैदा हुनुमा नोराड्रेनलिन नामक हार्मोनको शरीरमा तीव्र गतिमा सक्रिय हुनु हो ।यी रसायनहरू उत्पादन हुनेबित्तिकै मुटुको गति बढेपछि रक्तचाप उच्च हुन गई शरीरका मांसपेशी र मस्तिष्कमा रक्त प्रवाह पनि बढ्छ अड्रेनलिन र नोराड्रेनलिन यस्ता हार्मोन अथवा न्युरोट्रान्समिटर हुन जसले शारीरिक,मानसिक तथा संवेगात्मक कुनै पनि तवरले खतरामा पर्यो भन्ने महसुस गर्यो भने उक्त खतरा सँग जुध्न शरीरले सम्भाव्य सम्पूर्ण उपायहरू अपनाएमा तयार हुने सन्देश दिन्छ जुन रिसको रूपमा बाहिर प्रस्फुटन हुने गर्दछ।
खेलाडीको मनोबिज्ञान र रिस
खेलकुदमा सहभागी रहेका व्यक्ति मानसिक रूपमा पुर्ण सक्रिय हुन्छ जसकारण सार्वजनिक सरोकारमा सजक बनाउछ। आधुनिक खेलकुदलाई नैतिक मुल्य मान्यतामा समाबेश गरेर समेत हेर्ने गरेको छ।
सामान्यतया खेलाडीको सोच, बिचार ,मानसिकता पारिवारिक , प्रशिक्षण अबधिमा,साथीसंगतको परिणाम हो।सोचाइमा चोट पुगेको खण्डमा, अथवा दिक्दार लागेको, आलोचना हुने अथवा खतरा जन्य अवस्थाको अनुभूती गरेको खण्डमा खेलाडीलाई रिस उठ्छ।रिसको अभिव्यक्ती हल्का झोंक चल्ने देखि लिएर उग्र हुनेसम्म हुन सक्छ। आधुनिक खेलकुदमा नैतिक मुल्य मान्यतालाई अग्रपंक्तिमा राखेर हेर्ने गरेको छ।जसकारण फरक क्रियाकलाप जस्तै तनाव थकान,भोक,आर्थिक समस्या, असफलताको अनुभुति,नैरास्यता, दु:ख, कष्ट,अन्याय इत्यादि बाट उब्जिएका सकृर्ण अनुभुतीलाई खेल भावनाले प्रेरित गरिराखेको हुन्छ।
रिस ब्याबस्थापन गर्ने तरिका :प्रतिकुलताका अवस्थामा रिस सृजना हुँदा नराम्रो अथवा अब्यवहारिक भन्न मिल्दैन। यहि परिस्थितिलाई उचित व्यवस्थापन गर्न सकेन भने नतिजा प्रतिकुल हुन पुग्छ।त्यसकारण पनि उल्लेखित अबस्थालाई मध्ये नजर गरेर रिस व्यवस्थापन गर्ने कुरा मनोबिज्ञानमा आधारित हुन्छ।सही तरिकाले रिसलाई अभिव्यक्त गर्ने हो भने रिस सामान्य र स्वस्थवर्धक हुन सक्छ।रिस ब्यवस्थापन गर्नुको अर्थ हामीले रिसलाई थामेर बस्नु अथवा लुकाएर बस्नु अथवा रिस त्याग्नु होइन। रिस ब्यवस्थापनले हामीलाई सुरुवाती अवस्थामै निराशपन चिन्न सक्ने क्षमता विकास गर्ने र त्यसलाई ब्यवस्थित गरेर आफ्नो विचार र आवश्यकताहरूलाई शान्त र नियन्त्रित तवरले अभिव्यक्त गर्न सिकाउँछ।
क)सबैभन्दा पहिले रिस किन र के कती कारणले उठ्यो भनेर अन्वेषण गर्ने र आफैँले आफैसँग कुरा गर्ने।
ख)वास्तविकता के हो र के रहेछ भनेर बुझ्न कोशिस गर्ने ।
ग)रिस उठ्दा हाम्रो शरिरमा के–कस्ता चेतावनी मुलक चिन्हहरू उत्पन्न हुने रहेछन भन्ने कुराप्रति सजग हुने।
घ)चेतावनीमूलक लक्षणहरूलाई नियन्त्रणमा ल्याउनलाई उपयुक्त पाइलाहरू चाल्ने।
ङ) नकारात्मक सोचहरूलाई चिन्ने।
च) शान्त हुने प्रकृयाहरू:रिसको शारिरिक अनुभुतिहरूमा ध्यान केन्द्रीत गर्ने,लामो–लामो श्ववास लिने।
छ) तनावपूर्ण स्थितिबाट टाढा बस्ने र ब्यायाम गर्ने।
ज) आँखाले सुन्दर र रमणीय दृष्य देखेको स्मरण गर्ने ।
झ)कानमा कर्णप्रिय धुन बजेको स्मरण गर्ने।
ञ)खेलाडीले प्रशिक्षकसँग परामर्श लिने।
रिसको असरहरू: रिसको कारणले गर्दा उग्र भएको अवस्थामा हाम्रो निर्णय गर्ने क्षमतमा र विवेकमा क्षति पुग्न सक्छ। जस्ले गर्दा अव्यवहारिक तर्कहीन बोली र व्यवहार प्रस्फुटीत हुन सक्छ। प्राय: जसो परिस्थिति अनुसार रिस व्यक्त गर्नु स्वास्थ्यबर्धक प्रतिकृया नै हुन सक्छ। तर बारम्बार अत्यधिक मात्रामा धेरै समयसम्म रिस उठ्ने,उग्र हुने,रिसको अभिव्यक्ति नियन्त्रण बाहिर जान थाल्यो भने यसले हाम्रो मानसिकतामा र शरीरमा प्रतिकूल असर पुर्याउन सक्छ। यसले गम्भीर, विनाशकारी समस्याहरू सिर्जना गर्न सक्छ खेलमा व्यवहारमा र आपसी सम्बन्धमा प्रतिकूल असर पारी जीवनको स्तरलाई कमजोर पार्न सक्छ। रिसाउनु नराम्रो मानिए पनि जीवको अस्तित्वको इतिहास हेर्ने हो भने रिस नै अथवा रिसालु आकृति नै आफ्नो अस्तित्व बचाइराख्न र आफू बाँच्न चाहिने श्रोत तथा साधनको रक्षा गर्नमा वरदान बनेको पाइन्छ।
Views: 0