दोहोरो पैसा असुन्लन लामामार्थी बार्गेनिङ भइरहेको छ -आशिष थापा

२०७६ माघ २०, सोमबार १७:५९ गते २०७६ माघ २०, सोमबार १७:५९ गते २०७६ माघ २०, सोमबार १७:५९ गते

दोहोरो पैसा असुन्लन लामामार्थी बार्गेनिङ भइरहेको छ -आशिष थापा

काठमाडौं २० माघ
नुवाकोटको बिदुर नगरपालीकाका पुर्व मेयर, राप्रपाका पुर्व केन्द्रीय सदस्य कमानसिंह लामामाथी दोहोरो पैसा असुल्न बार्गेनिङ गर्ने काम भइरहेको भन्दै लामाका साथी तथा सहयोगीहरुले आपत्ती जनाएका छन् ।
नुवाकोटका कृष्ण तामाङ र धनमाया तामाङबाट ९ लाख ५२ हजार रुपैयाँ घरायसी लेनदेन बापत लिएको रकम कमानसिंहले सहयोगी मार्फत र्फिता गरिसकेपनि दोहोरो पैसा असुल्नको लागि बार्गेनिङ भइरहेको भन्दै उनिहरुले आपत्ती जनाएका हुन् । लिएको पैसा तिरीसकेपछि पनि केही व्यक्तिको समूहले गलत प्रचारबाजी गरिरहेको कमानसिंह र उनका सहयोगीले हाम्रो सम्बादाता सङ्ग आफ्नो गुनासो व्यक्त गरेका छन् ।

लामाका सहयोगी आशिष थापाले कमानसिंह लामाले घरायसी सापटीबाट लिएको ९ लाख ५२ हजार आफूले ताकेतामा कागजी सहिछाप गरेर प तिरिसकेको बताएका छन् । उनले भने असोज २८ गते चार लाख बाउन्न हजार नगद, मंसिर २७ गते चार लाख नगद, सिटी एक्सप्रेसमार्फत् ५० हजार रकम आई.एम.ई मार्फत पनि ५० हजार रकम आफूहरुले धनमाया तामाङलाई पठाएको सुनाए ।
आशिषले लेनदेन कमानसिंह, धनमायाँ र कृष्णको बिचमा भएपनि केहि व्यक्तिहरु बिचमा आएर अनावश्यक झमेला पैदा गरेको बताए ।
आशिषले धनमायाँलाई पटक पटक चेक, सिटीएक्सप्रेस र आइएमई मार्फत् रकम दिएर सादा कागजमा भौचर जस्तो बनाएर हस्ताक्षर समेत गराइएको बताए ।
काठमाण्डौंमा पत्रकारहरुसंगको भेटमा पत्रकार नन्दकिशोर पन्तले कृष्ण तामाङ र धनमायाहरुसंग बिचौलीयाहरु लागेर कमानसिंहको राजनैतिक साख र सामाजीक प्रतिष्ठा गिराउन अर्नगल प्रचारबाजी गरिरहेको बताए ।
उनले भने “कमानसिंह लामा कसैको एक पैसा खाएर हिंडेको मान्छे होइन, परेको बेलामा आफुले सक्ने सहयोग गरेर हिडने मानिस हुन्, उनिबिरुद्ध चरित्रहत्या गर्न नियोजीत रुपमा प्रचारबाजी भइरहेको छ”
कमानसिंहले पैसा खाए भनेर गलत प्रचारबाजि देख्दा आश्चर्य लागेको बताँउदै पन्तले लेनदेनका बिषयमा कानुनीबाटोहरु खुल्ला भएपनि उनले बताएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *