कर्पोरेट खवर डटकमको दशौं बार्षिक उत्सव आयोजित भव्य समारोह ।

२०७६ माघ २२, बुधबार ०९:४८ गते २०७६ माघ २२, बुधबार ०९:४८ गते २०७६ माघ २२, बुधबार ०९:४८ गते

समिर नेपाल/काठमाडौं। कर्पोरेट बिजनेश म्यागाजिन तथा कर्पोरेट खवर डटकमले स्थापनाको दशौं बार्षिक उत्सव मनाएको छ। मंगलवार काठमाडौंको लाजिम्पाटमा आयोजित भव्य समारोह वीच कर्पोरेट बिजनेश म्यागाजिनले स्थापनाको दशौं बार्षिक उत्सव मनाएको हो।नेपाल सरकारका श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यतामा भएको बार्षिक उत्सव कार्यक्रममा नेपालका लिजेन्ड बिजनेश पर्सनालिटी लक्ष्मीदास मानन्धरलाई कर्पोरेट लाइफ–टाइम अचिभमेन्ट अवार्डव्दारा सम्मानित गरिएको छ।सम्मान मन्त्री यादव तथा आयोजक कर्पोरेट म्यागाजिनका अध्यक्ष उज्ज्वलजंग शाह तथा कार्यकारी निर्देशक सुषमा महरा शाहले संयुक्त रुपमा प्रदान गरेका थिए।कार्यक्रममा विभिन्न विजनेश सेक्टरका पर्सनालिटीहरुलाई पनि सम्मान गरिएको कर्पोरेट कार्यक्रममा भवानी राणा, सौरभ ज्योति लगायतका विजनेश सेक्टरका विजनेश सेलिब्रेटीहरुले कर्पोरेट म्यागाजिनलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।त्यसैगरेर, कर्पोरेट विजनेश म्यागाजिनका अध्यक्ष उज्ज्वलजंग शाहले कर्पोरेट प्रकाशन संस्थाको अन्तरकथालाई मार्मिक ढंगवाट प्रस्तुत गरेका थिएभने, सम्पादक सरोज ओझाले कार्यक्रम संचालन गरेका हुन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *