चलचित्र ´सम्हालिन्छ कहिले मन‘को रिलिज मिति सार्वजनिक

२०७६ माघ २२, बुधबार १५:१० गते २०७६ माघ २२, बुधबार १५:१० गते २०७६ माघ २२, बुधबार १५:१० गते

एबी इन्टरनेशनल व्यानरमा निर्माण भएको चलचित्र ´सम्हालिन्छ कहिले मन‘को रिलिज मिति सार्वजनिक गरिएको छ। २०७७ भदौ ५ गते तिजको अवसर पारेर रिलिज गरिने निर्माण युनिटले जानकारी दिएका छन् ।पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन अभिनित चलचित्र ‘सम्हालिन्छ कहिले मन’निर्माणको लामो समयसम्म प्राविधिक कारणबस रिलिज हुन नसकेको सिनेमा भदौ ५ मा रिलिज हुने अजित कुमार थापा जानकारी दिएका छन्। सुदर्शन थापाको निर्देशनमा बनेको सिनेमामा पूजा, आकाश र सोनमसँगै सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्यलगायतका कलाकारहरुको अभिनय रहेको छ।

लण्डन, स्कटल्याण्ड र वेल्समा छायांकन गरिएको यो चलचित्रमा त्रिकोणात्मक प्रेमकथा रहेको छ । निर्मातामा अजितकुमार सँगै अमित बस्नेत छन् । अंकित गौतम र सनिष खकुरेल कार्यकारी निर्माता रहेको सिनेमामा परि राना सह-निर्माता छन् ।सिनेमामा महेश दवाडीको कथा, अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ ।यो नेपाली सिनेमा इतिहासको महङ्गो चलचित्र हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *