अन्तराष्ट्रिय हरियाली मंच नेपाल द्वारा चलचित्रकर्मी र संचारकर्मी सम्मानित

२०७६ फाल्गुन २, शुक्रबार २१:३४ गते २०७६ फाल्गुन २, शुक्रबार २१:३४ गते २०७६ फाल्गुन २, शुक्रबार २१:३४ गते

काठमाडौँ २ फाल्गुन अन्तराष्ट्रिय हरियाली मंच नेपालले केन्द्रीय कार्यलय ललितपुरमा एक कार्यक्रम बीच चलचित्रकर्मी र संचारकर्मीलाई सम्मान गरेको छ । चलचित्रकर्मी मौसम लिम्बु, जन्म जय साम्पांग राई र संचारकर्मी दिपेशराज थारूलाई सम्मान गरेको हो । उहाहरुलाई मंचका केन्द्रिय अध्यक्ष सुलोचना गुरुङले सम्मान गरेका थिए। मौसम लिम्बु “घरजम” चलचित्रका निर्देशक हुन् भने जन्म जय साम्पंग राई चलचित्र “म यस्तो गित गाउछु २” को सहनिर्माता हुन् । जन्म जय साम्पांग राई मंचको उपाध्यक्ष समेत हुन् । तेस्तै दिपेशराज थारु जो बिगत २ दशक देखि संचारक्षेत्रमा सक्रिय भएर काम गर्दै आइरहेका छन् ।

केहि बर्ष अगाडी मात्र देश संगै बिदेशमा स्थापना भएको हरियाली मंचले देशको विभिन्न स्थानहरुमा सामाजिक कार्यहरु समेत गर्दै आइरहेको छ। केहि दिन अगाडी मात्र मंचले धनकुटा जिल्लाको पाख्रिबासका बिपन्न परिवारहरुलाई राहत वितरण गरेको थियो । कार्यक्रममा मंचले समाजसेवी पुष्पा थापालाई सल्हाकारमा नियुक्ति गरेको छ भने एमएम नेपाल डटकमका संचारकर्मी दिपेश राजथारुलाई संचार संयोजकमा नियुक्ति गरेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *