प्रेम स्विकार गर्न ‘भ्यालेन्टाइन्स डे’ नै कुरेकी हुन् त श्रृङ्खला ? आज यस्तो भयो

२०७६ फाल्गुन २, शुक्रबार २१:३८ गते २०७६ फाल्गुन २, शुक्रबार २१:३८ गते २०७६ फाल्गुन २, शुक्रबार २१:३८ गते

काठमाडौं, २ फागुन: पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा र सिसन बाँनियाबीच प्रेम चर्चा चलिरहेको छ। श्रृङ्खलालाई मिस नेपाल को समयमा विभिन्न भिडियो बनाएर साथ दिने गरेका सिसनले केही समय अघि सामाजिक सञ्जालमा सेयर गरेको तस्बिरले निकै चर्चा पाएको थियो। मिस नेपालको प्रतिस्पर्धामा सहभागी हुँदै गर्दा श्रृङ्खलालाई सिसनले निकै साथ दिएका थिए । तस्बिरका कारण श्रृङ्खला र सिसन प्रेममा रहेको चर्चा चलेको थियो। दुईजना सँगै भ्रमणमा जानु, नेपालमा हुँदा पनि श्रृङ्खला धेरै ठाउँमा सिजनसँगै पुग्ने गरेकाले उनको र सिसनको नाम जोडिएर आउन थालेको हो ।

श्रृङ्खलाले आफ्नो मिस नेपाल देखि मिस वल्र्ड सम्मको यात्रामा आफूलाई निरन्तर साथ दिने व्यक्तिको नाममा सिसनको नाम कहिले छुटाउने गरिनन्। सामाजिक संजाल र मिडियामा लामो समयदेखि यी दुईको प्रेमको खबर सार्वजनिक भएपनि दुवैजना मौन नै थिए ।सिसन र श्रृङ्खलाले आफ्नो प्रेम स्विकार गरेका थिएनन् । तर, प्रेम दिवसको अवसर पारेर श्रृङ्खलाले सिसनसँगको प्रेम स्विकार गरेकी छिन् । सायद, यो जोडीले प्रेम स्विकार गर्नका लागि प्रेम दिवसलाई नै कुरेको हुनुपर्छ ।श्रृङ्खलाले लुक्ला पुगेर सार्वजनिक गरेको एक भिडियोमा भनिएको छ-‘सबैलाई प्रेम दिवसको शुभकामना । हामी निकै नै रोमाञ्चक डेमा छौ ।’ श्रृङ्खलाको यो भिडियोको पछाडि सिसन मुस्कुराएका छन् । श्रृङ्खलाले घुमाउरो शैलीमा सिसनसँगको प्रेम स्विकार गरेको बुझ्न सकिन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *